नर्भिक अस्पताल कोभीड संक्रमितले भरियो
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २१:१२:१३
२२ वैशाख, काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएसँगै कोभीड संक्रमित बिरामीले भरिएको छ ।
वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै नर्भिक ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएर केही समय अगिाडिदेखि नै सेवा दिँदै आएको थियो ।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पारे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभीड अस्पतालको रुपमा रुपान्तरणका लागि गरेको घोषणाको सिंहले स्वागत समेत गरे । नर्भिकले कोभीड संक्रमणको दोश्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई कोभीड अस्पतालमा रुपान्तरण गरिसकेको थियो । उनले भनेः– सरकारले समेत सोहीअनुसारको घोषणा गरेकोमा हामी खुशी छौं । अब अरुले पनि आफ्नो सेवालाई कोभीड केन्द्रीत गर्नुपर्ने देखिएको छ ।
कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शैयामध्ये ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरित भइसकेका छन् । ती ९० शैया काभीडका बिरामीले भरिएका छन् ।
नर्भिकमा रहेका ३५ आइसियू बेडमा पनि कोभीडकै सिकिस्त बिरामीलाई राखिएको छ । हाम्रो अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ छन् । सिंहले भने :- हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार