आधा दर्जन वाणिज्य बैंकको मुनाफामा गिरावट
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २२:३३:१४
२२ बैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ वाणिज्य बैंकहरु मुनाफा बढाउन सफल भए । २१ वाणिज्य बैंकहरुले मुनाफा बढाउदा ६ को मुनाफामा भने गिरावट आएको हो ।
कोरोना कहरका बीच पनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले उत्साहजनक रुपमा व्यापार र मुनाफामा वृद्धि गरिरहँदा केही ठूला बैंकको प्रदर्शन भने सन्तोषजनक देखिएन ।
मुनाफा घटेका वाणिज्य बैंकहरूमा सेन्चुरी कमर्सियल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक छन् । तीमध्ये सेन्चुरी कमर्सियल बैंकले मुनाफामा सबैभन्दा बढी ६०.८९ प्रतिशतको गिरावट व्यहोरेको छ भने एनसिसी बैंकको मुनाफा सबैभन्दा कम ५.५५ प्रतिशतले घटेको छ ।
सेन्चुरी कमर्सियल बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको मुनाफा घटेको छ । यस अवधिमा ६०.८९५ ले घटेर बैंकको मुनाफा ३५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ९१ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन १३ करोडमा सीमित थियो । बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २२ पैसाले घटेर ५ रुपैयाँ २९ पैसामा आएको छ । प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा छ ।
हिमालयन बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.४५ प्रतिशत कम हो ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । मुनाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १६ रुपैयाँ ९० पैसा घटेर १६ रुपैयाँ ६ पैसामा सीमित भएको छ । बैंकको मूल्य–आम्दानी अनुपात ३२.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेको छ ।
नेपाल एसबिआई बैंक
चालु आवको नौ महिनामा नेपाल एसबिआई बैंकको मुनाफा ३८.९१ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले ८७ करोड ८६ लाख रुपैयाँ मुनाफा गरेको छ, जुन गत वर्ष सोही अवधिमा १ अर्ब ४३ करोड थियो । खद ब्याज आम्दानीसँगै सञ्चालन मुनामा घटेका कारण बैंकको मुनाफामा दबाब परेको हो ।
बैंकको वितरणयोग्य नाफा ४४ करोड ४६ लाख पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १० करोड मात्र थियो । बैंकको निक्षेप संकलन ८ प्रतिशतले घटेको छ भने कर्जा लगानी ७ प्रतिशतले बढेको छ ।
बैंकको हालको चुक्तापुँजी ९ अर्ब ४९ करोड छ । बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी झन्डै आधा घटेर १२ रुपैयाँमा झरेको छ, जुन २१ रुपैयाँ थियो । प्रतिशेयर नेटवर्थमा भने बैंक १६१ रुपैयाँका साथ राम्रै अवस्थामा छ ।
एभरेष्ट बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्ट बैंकको मुनाफा घटेको छ । चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५० करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९३ प्रतिशत कम हो ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ ३६ पैसा घटेर २२ रुपैयाँ ५० पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात ३६.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकको मुनाफा ३४.३३ प्रतिशतले घटेको छ । बैंकले चालु आवको तेस्रो त्रैमासमा प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले नौ महिनामा जम्मा १ अर्ब १८ करोड रुपैयाँ मुनाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा बैंकले १ अर्ब ८० करोड नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ९५ करोड ५९ लाख रुपैयाँ छ ।बैंकको प्रतिशेयर आम्दानी १८.४१ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३३.०३, प्रतिसेयर नेटवर्थ १८६.९५ रुपैयाँ, खराब कर्जा ०.५० प्रतिशत, कस्ट अफ फन्ड ३.४५ प्रतिशत, सिसिडी रेसियो ७४.६५ प्रतिशत छ ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंक
नेपाल क्रेडिट एन्ड कमर्स बैंकको मुनाफा चालु आवको नौ महिनामा ५ दशमलव ५५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब १० करोड ११ लाख ८० हजार मुनाफा गरेको छ । गत सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ५८ लाख ८५ हजार कमाएको थियो ।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ८७ करोड ९३ लाख ९४ हजार छ । गत वर्ष यस्तो मुनाफा ३० करोड ५३ लाख २९ हजार मात्र थियो । निष्क्रिय कर्जा २ दशमलव ७५ प्रतिशतबाट घटेर २ दशमलव शून्य ५ प्रतिशतमा झरेको एनसिसी बैंकको प्रतिशेयर आम्दानी १४ दशमलव २३ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार