अपाङ्गताका पुनस्थापनामा नीतिगत सम्बोधन गर्न आग्रह
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २३:३:३६
२२ वैशाख,पोखरा । अपाङ्गता भएकाहरुको अवस्थाको पहिचानसहित उपचार र पुनःस्थापनामा राज्यले विशेष जोड दिएर नीति बनाउनुपर्नेमा सरोकार पक्षले जोड दिएको छ ।
अपाङ्गताका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र–पोखरा र राष्ट्रिय अपाङ्ग महासंघ, गण्डकी प्रदेशका संयुक्त आयोजनामा प्रदेशस्तरीय नीति तथा योजना तर्जुमामा अपाङ्गताको स्वास्थ्य र पुनस्थापनासम्बन्धी भर्चुअल अन्तक्रियामा सहभागीले आफ्नो अनुभव सुनाउँदै नीतिगत सम्बोधनका लागि सुझाव दिएका हुन् ।
कार्यक्रममा नेपाल अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपाङ्गता व्यक्तिका लागि प्रादेशिक स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने विषयमाथि कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गताको अधिकारसम्बन्धी महासन्धिको धारा २५ मा उल्लिखित बुँदा, नेपालको संविधानमा उल्लिखित स्वास्थ्य नीति, अपाङ्गताका विषय र समस्या, उद्देश्य, नीति, रणनीतिसहित अपेक्षित उपलब्धि बारेमा प्रष्ट पारेका थिए ।
विशेष गरी नियमित औषधि सेवन गर्नेहरुका लागि आर्थिक समस्या, अपाङ्गमैत्री अस्पतालको अभावमा सहज स्वास्थ्य पहुँच अभाव, अस्पतालमा दोभाषे नहुँदा असहजता, स्वास्थ्य बीमा निश्चित अस्पतालमा मात्र हुँदा सेवा उपभोगमा समस्या, अपाङ्गता महिलाका प्रजनन स्वास्थ्यमा देखिएको जटिलतालगायत विषयमा सुझाव दिइएको थियो । परिवारका दुवै वा एक व्यक्ति अपाङ्गता छन् भने उनीहरुका सन्तानको स्वास्थ्योपचारमा पनि राज्यको विशेष नीति आवश्यक रहेको औँल्याइएको थियो ।
कार्यक्रममा स्वाबलम्बन जीवन पद्धति केन्द्र–पोखराका अध्यक्ष हेम गुरुङले प्रदेशमा स्वास्थ्य नीति निर्माणका लागि अघि बढेका अवस्थामा अपाङ्गता भएकाको स्वास्थ्य र पुनःस्थापनाका विषयलाई विशिष्टीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए । मनोपरामर्शकर्ता जमुना शर्माले अपाङ्गता भएका व्यक्ति सहज रुपमा स्वास्थ्य पहुँचमा पुग्न नसक्दा थुप्रै मानसिक समस्या देखिने गरेको जनाउँदै यसतर्फ पनि नीतिगत रुपमै सम्बोधन हुनुपर्ने धारणा राखे ।
स्वावलम्बन जीवनपद्धति केन्द्र–पोखराका महासचिव अञ्जना केसीले न्यूनदृष्टियुक्त, सुस्त श्रवणयुक्त, अटिज्म, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, हेमोफिलियाग्रस्तलगायत सहभागी रहेको र तिनले आआफ्ना क्षेत्रको समस्यासहित सुझाव दिएको बताए । उनले दशवर्षे स्वास्थ्य रणनीति बन्दै गर्दा अपाङ्गताका स्वास्थ्य र पुनःस्थापनाका विषय पनि समेटेर नीति बनाउनुपर्ने उद्देश्यले सुझाव सङ्कलनका लागि कार्यक्रमक आयोजना गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार