अवकाश लिएका सैनिकलाई तयारी रहन निर्देशन
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २३:११:१०
२२ वैशाख,काठमाडौं । नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको छ ।
सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२ पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने गरी तयारी हालतमा रहन आग्रह गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाको स्वास्थ्य सेवाबाट उक्त अवधिमा अवकाश हुनेको संख्या ३२० हाराहारी छ । सेनामा उपरथी दर्जाका नेतृत्वमा रहेको स्वास्थ्य निर्देशनालय छ । हाल सेनाको स्वास्थ्य सेवा विभागमा दुई हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको जनाइएको छ ।
सेनाको हाल बाहिनी मातहतका १६ फिल्ड एम्बुलेन्स अस्पताल, इटहरी, पोखरा र नेपालगञ्जमा क्षेत्रिय अस्पताल तथा धनगढी र बर्दिबासमा सेटलाइट अस्पताल सञ्चालनमा छन् । काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महाङ्कालमा त्रिचन्द्र मिलिटरी अस्पतालले समेत दुर्घटना तथा अन्य आपत्कालीन अवस्थामा सर्वसाधारणलाई मानवीयरुपमा स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार