ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बिहिबार ०:२१:२७
२२ बैशाख, काठमाडाैं । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन्। बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई कांग्रेस नेताहरुले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन्।
ओलीले यही वैशाख २७ गते विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन्। कांग्रेस नेताहरुले वर्तमान सरकारले लोकतान्त्रिक चरित्र नदेखाएको, लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाउने काम गरेको भन्दै यही अवस्थामा सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा ओलीलगायतका एमाले नेताहरुले लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरु बचाउनका लागि सहकार्यको प्रस्ताव राखेको तर अहिले सरकारले लोकतान्त्रिक चरित्र नदेखाएकाले सहकार्य गर्न नसकिने कुरा स्पष्ट रुपमा राखिएको कांग्रेस सहमहामन्त्री महतले बताए।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङसहित बुढानिलकण्ठ पुगेका ओलीले कांग्रेस नेताहरूसँग एक घण्टा छलफल गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार