शुक्रबार , असार ११, २०७८

पारिवारिक जीवनको खुशीको लागि ४ सुझाव

पारिवारिक जीवनको खुशीको लागि ४ सुझाव

यो समय कोरोना महामारीको छ । सरकारले जोखिम नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेकाे छ । सरकारले कोरोना महामारीका कारण पूर्णरुपमा निषेधाज्ञा जारी गरेपछि धेरै जसाे  तपाई हामी घरमै छाैँ । यदि हामी आफ्नो परिवारलाई समय दिन पाएका छैनाैँ भने, यो समय राम्राे अवसर पनि हुनसक्छ । अर्को कुरा परिवारसँग धेरै जसो सँगै भएर पनि पारिवारिक खुशी भएको छैन भने त्यसले खुशी भन्दा झमेला निम्त्याउन सक्छ । तर कसरी सञ्चार गर्ने त परिवारमा खुशीको ?

आफ्नो परिवारलाई हरेक झण्झटबाट बचाउनु परिवारको मुलीको उत्तरदायित्व हो । व्यस्तताका कारण तपाईलाई आफ्नो परिवारसँग समय बिताउन पर्याप्त समय नपुगेको हुन सक्छ । तर तपाईले यो याद राख्नुपर्छ कि तपाईको परिवार तपाईको जीवनको सबभन्दा महत्त्वपूर्ण अंशहरू हुन् । त्यसकारण तपाईंको कामको साथमा तपाईंको परिवारलाई सुखी राख्नु पनि तपाईको जिम्मेवारीभित्र पर्छ । यहाँ पारिवारिक जीवनको खुशीको लागि केही सुझावहरू छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

काम र परिवारको बीचमा सद्भाव सिर्जना गर्ने

यदि तपाई सुखी पारिवारिक जीवन बिताउन चाहनुहुन्छ भने आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बीचमा तालमेल सिर्जना गर्नु आवश्यक छ। यद्यपि यो अलि गाह्रो कुरा पनि हो तर असम्भव छैन। तपाई आफ्नो कामलाई यस्तो तरिकाले प्रबन्ध गर्न प्रयास गर्नुहोस् ।

राम्रो सामानको कदर गर्ने

जब तपाई परिवारका एक सदस्य वा बच्चाले केही राम्रो गरेको महसुस गर्नुहुन्छ, तब तपाईं तिनीहरूको प्रशंसा गर्न कन्जुस्याइँ नगर्नुहोस् । यो किनभने तिनीहरू त्यसो गरेर खुशी हुन सक्छन् । यसले तपाईंको परिवारमा घनिष्ठता बढाउनेछ र यसले नकरात्मक भावलाई पनि हटाउने छ।

सँगै बसेर खाना खाने 

परिवारको अर्थ साथ हो । जसले खुसी र दुः खमा साथ दिने गर्छन् । सँगै बसेर खाना खाँदा पनि तपाईको सम्बन्ध बलियो हुन्छ र परिवारमा प्रेम बढ्छ । यदि कुनैदिन तपाईं छुट्टिमा हुनुहुन्छ भने कतैको यात्रासँगै नविन किसिमको खानेकुरा पनि खान सक्नुहुन्छ । तर प्रायः जसो तपाईं परिवारको साथमा सँगै खाना खाने कोसिस गर्न सकिन्छ।

सप्ताहान्त यात्राको योजना
प्रत्येक सप्ताहन्त घरको काममा भन्दा परिवारको लागि खर्च गर्नु उपयुक्त हुन्छ । तपाईको बच्चाहरू सँग एक सप्ताहान्त यात्राको योजना बनाउनुहोस् । जसमा तपाईले घुम्न जाने योजना बनाउनु पर्छ । चलचित्र हेर्न जान सक्नुहुन्छ, पिकनिक जान सक्नुहुन्छ वा केही अन्य योजनाहरू गर्न सक्नुहुन्छ ।

त्यसो त आवश्यक छैन कि तपाई परिवारको खुसीको लागि ठूलो वा महँगो खर्च गर्नुहोस् । समय समयमा तपाई घरमा एउटा सानो भोजको आयोजना पनि गर्न सक्नुहुन्छ, जसले तपाईको खुशी बढाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युवकको हत्या अभियोगमा ३ जना पक्राउ युवकको हत्या अभियोगमा ३ जना पक्राउ १४ घण्टा पहिले
बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति १८ घण्टा पहिले
जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ १५ घण्टा पहिले
ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई १० घण्टा पहिले
फेरि अर्को लघुवित्तले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै फेरि अर्को लघुवित्तले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै २० घण्टा पहिले
हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? १४ घण्टा पहिले
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा १४ घण्टा पहिले
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान ९ घण्टा पहिले