नारायणीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १६:४२:५६
२३ बैशाख, वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जको नारायणी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु वीरगञ्ज– ४ विर्ताका ७० वर्षीय र रौतहटको गौर नगरपालिका-२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३४ पुगेको छ । मृतक मध्ये २३ जना पर्साका, बाराका ६, रौतहटका ३ र सर्लाहीका २ जना छन् । बैशाख १९ गते भर्ना भएका वीरगञ्जका संक्रमित बुधबार राति ११स्३५ बजे र बैशाख २१ गते भर्ना भएका गौरका संक्रमितको बिहीबार बिहान ५: ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल आएकै दिन दुवै विरामीको एन्टीजीन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर दुवैको मृत्यु भएको अस्पतालले जनाएको छ । रौतहटका संक्रमितमा कुनै दिर्घ रोग थिएन । वीरगञ्जका संक्रमितमा भने पहिल्यैदेखि क्रोनिक अब्सट्रक्टीभ पल्मोनरी डिजीज पनि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार