चिल्ला बन्दै प्रदेश राजधानीका सडक
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १६:४५:५८
२३ वैशाख,कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगर केही महिना अघिसम्म धुलाम्य देखिन्थ्यो । साँघुरा सडकमा जताततै खाल्डाखुल्डी, नालापेटी पनि फोहोर भरिएर बन्द । चोक चौताराहरु उस्तै अस्तव्यस्त । अब वीरेन्द्रनगरको पहिचान फेरिएको छ । काँचुली फेरेपछि यहाँका सडक र आसपासका क्षेत्र आकर्षक देखिएका छन् । माथिल्लो खण्डका सडक छेउछाउमा यतिबेला गुलमोहर फुलेर राताम्य देखिएको छ ।
निषेधाज्ञाकै बीच पनि ती चिल्ला, हरियालीमैत्री सडकमा फोटो, सेल्फी लिनदेखि टिकटक बनाउनेहरुको नजर परेको छ । वैशाखको खडेरीमा सडक छेउका हरियाली बोटहरु, रङ्गीचङ्गी फुलेका फूलहरु र चिल्ला सडकहरु सुर्खेती सामाजिक सञ्जालमा भाइरल बनाइएका छन् । रङ्गीचङ्गी फूहरु अघिल्ला वर्षहरुमा नफुलेका होइनन्, तर यसपटक नगरपालिकाले सबै सडकहरु स्तरोन्नति र कालोपत्रे गरेपछि शहरी आकर्षण बढाएको हो ।
वर्षौंसम्म धुलाम्य सडकबाट आजित सुर्खेतबासी सडकले रूप फेरपछि औधी खुसी छन् । स्थानीयवासी युवा भरत गौतम भँन्छन्, “नाकमुख छोपेर हिँड्नुपर्ने, गाडी आउनबित्तिकै धुलोबाट जोगिन पसलका सटर हतारहतार बन्द गर्नुपर्ने बाध्यता अब अन्त्य भयो । नगरपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएर धैरै राम्रो ग¥यो ।” सडक सुधारप्रति नागरिकले खबरदारी पनि गरिरहेका छन् । विस्तारका नाउमा केही स्थानमा रुखहरु काटिएको छ ।
कालोपत्रे गरिएका सडक र छेउमा रङ्गीचङ्गी रुखहरुसहितको फोटो राख्दै सुर्खेत घर भई हाल काठमाडौँमा कार्यरत सञ्चारकर्मी प्रकाश लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जबजब वसन्त ऋतु लाग्छ, सुर्खेतको वीरेन्द्रनगरमा रोपिएका यी रुखहरु र योजनाबद्ध ९उतिबेलाको क्षमताअनुसार० रूपमा बनेका सडकहरु यो सहरको परिचय बोकेर झुल्किन्छन् । विस्तारै सडक विस्तारले वीरेन्द्रनगरको यो सडककिनारको हरियाली मासिँदै गएको छ । विस्तारित सडकहरुमा रुख रोप्ने र फेरि यस्तै गुलजार गुलमोहरले वीरेन्द्रनगरलाई रङ्गीन बनाउन नगरपालिका र नगरबासीहरुको ध्यान जाओस् १”
विगतमा अस्तव्यस्त सडकहरु सुधार नगरेको भन्दै स्थानीय जनप्रतिनिधिले पनि नागरिकका थुप्रै आक्रोश सहनुपथ्र्यो । जनप्रतिनिधि भने अब सडक बनेपछि ढुक्कले हिँड्न पाएको भन्दै खुसी छन् । नगर प्रमुख देवुकमार सुवेदी नागरिकका समस्या समाधान हुँदै गएको बताउछन् । “मुख्य समस्या सडक कालोपत्रे, सडक पेटी विस्तार तथा नाली र पक्की पुल निर्माणकै थियो, अब करिबकरिब यो समस्या अन्त्य गर्दैछौँ,” उनी भन्छन्, “यसै आर्थिक वर्षभित्र बाँकी सडकहरु कालोपत्रे भइसक्नेछन् ।” नगरपालिकाले विभिन्न कम्पनीमार्फत यहाँका साना ठूला ३६ वटा सडकका योजना सञ्चालन गरिरहेको छ । तीमध्ये अधिकांशको काम पूरा भइसकेको छ । सङ्घ र प्रदेश सरकारको सहयोगमा नगरपालिकाले सडक निर्माण तथा स्तरोन्नति कार्य अघि बढाएको हो ।
गत आर्थिक वर्ष कर्णाली प्रदेश सरकारले एक दशमलव आठ किलोमिटर र वीरेन्द्रनगर नगरपालिकाले ५०० मिटर सडक मात्रै कालोपत्रे गरेको तथ्याङ्क थियो । कछुवा गतिको विकास भन्दै यसको चौतर्फी आलोचना पनि भएको थियो । चालु आर्थिक वर्षमा भने सडक कालोपत्रेमा उल्लेख्य प्रगति हासिल गर्न नगरपालिका सफल भएको छ । निषेधाज्ञाकै अवधिमा जनस्वास्थ्यका मापदण्डको पालना गर्दै धमाधम निर्माण कार्यहरु सञ्चालन गरिएका छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले राजधानी शहरका सडक पुस दोस्रो सातादेखि निर्माण गर्न शुरु गरेको थियो । निर्देशनालयले प्रदेश राजधानी शहरी सडक निर्माण कार्यक्रमअन्तर्गत नालीसहित २६ किलोमिटर सडक निर्माण हुने जनाएको छ । यसका लागि रु ४७ करोड बजेट खर्च हुँदैछ । निर्देशनालयका अनुसार वीरेन्द्रनगर भित्रमात्र १३ दशमलव एक किलोमिटर सडकको ढाँचा परिवर्तन गर्न थालिएको छ । साँघुरो सडकलाई चौडा बनाउने, कच्ची सडकलाई पक्की बनाउने, ट्राफिक सङ्केतसहितका लागि आवश्यक संरचना थप्ने जस्ता कार्य भइरहेको निर्देशनालयले जनाएको छ । त्यस्तै सङ्घीय सरकारको लगानीमा विमानस्थलदेखि गणेशचोकसम्मको सडक निर्माण चरणमा छ ।
नगर प्रमुख सुवेदी सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा विभिन्न मुख्य सडक, विभिन्न पर्यटकीय स्थल तथा मुख्यबजारको सडक स्तरोन्नतिको काम भइरहेको बताउछन् । विस्तारित सडकलाई हरियालीमैत्री बनाउन कार्य पनि शुरु गर्ने उनको भनाइ छ । “हामी समुन्नत नगर बनाउने अभियानमा छौँ, पहिलो प्राथमिकता नगरका सडक हुन्”, सुवेदी भन्छन्, “नगरपालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले प्रदेश र सङ्घीय सरकारको सहयोगमा वीरेन्द्रनगरको एकीकृत विकासको कार्यक्रम अघि बढाएका हौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार