दबाबमा परेका ओली नयाँ रणनीति बनाउँदै
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १७:२८:३७
२३ बैशाख, काठमाडौं । वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेका प्रधानमन्त्री केपी ओली नसोचेको अफ्ठेरोमा परेका छन् । उनले सोचे भन्दा भिन्नखाले राजनीतिक परिदृश्य निर्माण भएपछि आगामी रणनीतिसमेत बदल्ने निश्चयमा पुगेको देखिन्छ । पार्टी भित्रको माधवकुमार नेपाल पक्ष वाध्य भएर आफूलाई सघाउन तयार हुने उनको अनुमान यतिबेला गलत साबित हुँदैछ ।
पार्टी भित्र समानान्तर संगठन चलाइरहेका नेपाल पक्षका नेता कार्यकर्तालाई ठेगान लगाउने उद्येश्यले विश्वासको मत लिने प्रपञ्च रचेको छताछुल्ल भएको छ । त्यसैले नेपाल पक्षले बरु सांसद पदबाटै राजीनामा दिने तयारी गरेकाले ओली अफ्ठेरोमा परेका हुन् । ओली चाहन्थे–विश्वासको मतमार्फत नेपाललगायत केही नेताको राजनीतिक जीवन समाप्त हुनेछ । या त मत दिन्छन्, नत्र फ्लोर क्रस गर्छन् भन्ने अनुमान ओलीको थियो ।
तर नेपाल पक्षले उल्टो राजीनामा नै गर्ने सोच बनायो । यसबाट ओली हच्केका छन् । हिजो र अस्ती नेपालले विपक्षीहरुसँग गरेको भेटघाट र छलफलबाट ओली अझै झस्किएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालले गरेको गोप्य भेलाले ओली पक्ष दबाबमा परेको छ ।
यति मात्र होइन, विपक्षीहरुसँग मिलेर नेता नेपालले जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उप निर्वाचनमा आफू पक्षकै डा. खिमलाल देवकोटालाई उमेदवार बनाउन सफल भएका छन् । ओलीले पार्टीका तर्फबाट उठाएका पूर्व माओवादी नेता रामबहादुर थापा बादल रहेका छन् । एमाले कार्यकर्ताले बादललाई भन्दा देवकोटालाई नै मत हाल्ने सम्भावना बढी रहेको ओलीलाई राम्रो हेक्का छ । यो प्रकरणले ओली केही हच्किएकै हुन् । त्यही भएर ओली हिजै साँझ काँग्रेस सभापति देउवाको दैलो चाहर्न पुगे । विश्वासको मत नै मागे । तर देउवाले विपक्षी धर्म निभाउने प्रतिवद्धता जनाए ।
माधव नेपाललाई फकाउने वा मिलाउने पक्षमा ओली पटक्कै छैनन् । त्यसैले उनी बूढानिलकण्ठ धाउन तयार भए , तर नेपालसँग सम्बाद गर्न इच्छुक भएनन् । प्रधानमन्त्री ओलीले नसोचेको अर्काे राजनीतिक परिघटना देखियो । त्यो के भन्दा जसपा भित्रको खेलोफड्को । उनलाई जसपाको सिंगो मत नआएपनि कम्तिमा १५ मत प्राप्त हुने विश्वास थियो । महन्थ ठाकुरले त्यो विश्वास दिलाएका थिए । ठाकुरसँगै राजेन्द्र महतो पनि ओलीकै पक्षमा थिए ।
तर पछिल्लो दिन आफू पक्षीय सांसद् र कार्यकारिणी परिषद सदस्यको हस्ताक्षर संकलन अभियानमा ठाकुर कमजोर देखिएका छन् । हस्ताक्षर अभियानमा स्वयं महतोले नै साथ दिएका छैनन् । किनभने ठाकुरले महतोलाई संसदीय दलको नेताको ग्यारेण्टी गरेका छैनन् । त्यही भएकाले महतोले नै हस्ताक्षर गरेका छैनन् । उता, शरत्सिं भण्डारी र निर्जला राउतले पनि ठाकुरको खाली कागजमा हस्ताक्षर गर्न मानेका छैनन् ।
अब ठाकुरसँग मुश्किलले १० जना सांसद रहेको अवस्था छ । त्यसैले ओलीलाई सरकार जोगाउन सहज छैन । तर उनको जोड भने सरकार ढले पनि अर्ली इलेक्सनमै लैजाने रहेको छ । त्यसका लागि उनी नेपाली कांग्रेस र जसपाको साथ खोज्दैछन् । कांग्रेस तयार भएपनि जसपाले भने त्यस्तो निर्णय गराउने सम्भावना न्यून रहेको छ । यो परिवेशमा अब कसरी अगाडि बढ्ने भन्ने चिन्ता ओली पक्षलाई थपिएको छ । यसै सन्दर्भमा छलफल गर्न ओलीले अहिले बालुवाटारमा स्थायी कमिटी बैठक राखेका छन् । माधव नेपाल पक्ष नरहेको उक्त बैठकले नयाँ रणनीति तयार गर्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार