हुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १७:५०:५६
२३ वैशाख,सिमकोट । हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा आकास्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएका छन् ।नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय एक हप्ताका लागि बन्द गरिएपछि जिल्ला अस्पतालले आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरेको छ ।
डिसीसिएमसीका सदस्यसचिवसमेत रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालले अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । एक हप्तासम्म अस्पतालमा आकस्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख सिंहले बताए । आकास्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवा दैनिक चौबीस घण्टा सञ्चालित हुने भएका छन् ।
यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा ड्युटीमा खटाइएको छ । अस्पताल खुला राख्दा मानिसको चहलपहल बढी हुने देखिएपछि अस्पतालले अन्य सेवा बन्द गरिएको जनाइएको छ । सेवा बन्द गरिएपछि कोरोना त्रासको कारण बिरामीको न्यून सङ्ख्यामा उपस्थिति रहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए ।
स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको भए पनि बिरामीले सवारी साधन प्रयोग गरेर अस्पतालसम्म आउन सक्ने जनाएको छ । यस्तै स्वास्थ्य सेवा कार्यालयले पाँचवटा सघन उपचारकक्ष श्यया तयारी अवस्थामा रहेको र सबैको साथ सहयोग पाएको खण्डमा १५ वटासम्म बनाउने तयारी भइरहेको जानकारी दिएको छ ।
जिल्ला अस्पतालमा तीनवटा अक्सिजन प्लान्ट भए पनि दुईवटाले मात्रै काम गरिरहेको र एउटा मर्मत गरेर अतिआवश्यक कामका लागि प्रयोगमा ल्याइने भएको प्रमुख सिंहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार