ओली हान्निए शीतलनिवास
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १८:४३:५६
२३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओली बालुवाटारमा आयोजित पार्टी स्थायी कमिटी बैठक सकिए लगत्तै राष्ट्रपति निवास शीतलनिवास हान्निएका छन् । प्रधानमन्त्री ओली जब जब शीतलनिवास जान्छन्, केही न केही अनिष्ट भएकै हुन्छ । आज पनि उनले के अनिष्ट गर्ने हुन् भन्ने चिन्ता राजनीतिक वृत्तमा सुरु भएको छ ।
वैशाख २७ गते उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन चाहेका छन् । तर परिस्थिति उनी प्रतिकुल देखिएको छ । ओलीलाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले मत दिने भनिएपनि सहज छैन । बहुमत सदस्य ठाकुरविरुद्ध उभिएका छन् ।
त्यस्तै आफ्नै पार्टीका माधव नेपाल पक्षले पनि ओलीलाई सघाउने अवस्था देखिंदैन । ओलीले पनि नेपाल पक्षसँग संवाद गर्नुभन्दा दुत्कारेरै अगाडि बढ्ने संकेत गरेका छन् । यसैका लागि उनले आज बिहान आकस्मिक रुपमा स्थायी कमिटी बैठक डाकेका थिए । बैठक भर्खरै सकिएको छ ।
बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनमा कसरी अगाडि बढ्ने भन्नेमै छलफल केन्द्रित रहेको बताइएपनि आन्तरिक विषय भने खुलाइएको छैन । तर कुनै नयाँ रणनीति तयार गर्नेगरी बसेको भनिएको स्थायी कमिटी बैठकले गरेको निर्णय राष्ट्रपतिसँगको भेटपछि मात्रै उजागर हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार