तिलोत्तमामा जनप्रतिनिधिको गाडी कोरोना संक्रमितलाई
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १८:५३:१
२३ वैशाख,लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ ।
नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् । संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गरेका हुन् ।
नगरपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन् । नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन् । छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितका लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बताए । आज नगरप्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरे ।
कोरोना महामारीको विकराल रूप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताए । संक्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपु¥याउँदा समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको उनीहरुको भनाइ छ ।
नगरप्रमुखले प्रयोग गर्ने लु१झ ३६० र उपप्रमुखले प्रयोग गर्ने लु१झ ३२६ नंको स्कारपियो आजैदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन् । यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु१झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुनेछ । यी सवारीसाधनलाई समेत २४सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारी साधन स्वास्थ्य शाखामार्फत परिचालित हुनेछन् । यी सवारी साधनले मुलतः नगरपालिकाभित्रका कोरोना संक्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पु¥याउनेछन् ।
नगरपालिकाले शङ्करनगरमा ४० श्यया क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिने गरी आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । यस्तै वडा नं ९ मा रहेको सभाहलमा थप ६० श्ययाको आइसोलेशन बनाउने गरी काम अघि बढाइएको छ । यस्तै नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकाको शङ्करनगरमा हरेक दिन एन्टिजेन परीक्षण गर्दै आएको छ । आइसोलेशनमा एक चिकित्सकसहित नर्सलगायतका स्वास्थ्यकर्मी रहेका छन् ।
नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ नर्सलाई समेत कोरोना संक्रमितको उपचारमा खटाएको छ । नगरपालिकामा यही वैशाख १५ गते यता कोरोना संक्रमितको सङ्ख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या झण्डै एक हजार ३०० पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा मन्त्री बनेकाहरुको शपथ साँझ ५ बजे
बैशाख ६, २०८१ बिहिबार
महिलाका लागि आम्दानीको स्रोत हस्तकला
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार