ओलीले डाके क्याबिनेट
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १८:५३:३३
२३ बैशाख, काठमाडौं । पार्टी स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति भेट्न शीतलनिवास पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आज साँझ आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक डाकेका छन् ।
एक मन्त्रीका अनुसार आज नियमित बैठक हो, तर प्रधानमन्त्रीले शीतलनिवासबाट फर्केपछि मात्रै यसबारे जानकारी गराएकाले महत्वपूर्ण निर्णय हुनसक्ने अनुमान गर्न सकिन्छ । राष्ट्रपति भेटेलगत्तै ओलीले क्याबिनेट बोलाएकाले धेरैले आशंका गरेका हुन् ।
यसअघि ओलीले स्थायी कमिटी बैठकमा राष्ट्रियसभा निर्वाचनमा कसलाई उमेदवार बनाउने भन्नेबारे सामान्य छलफल चलाएका थिए । यद्यपि यस अघि नै रामबहादुर थापालाई उम्मेदवार बनाइएको थियो ।
तर विपक्षी गठबन्धनले एमालेकै माधव नेपाल निकट डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएपछि भने ओली हच्किएका छन् । किनभने यस्तो अवस्थामा थापालाई भन्दा देवकोटालाई मत हाल्ने धेरै एमाले हुने जानकारी ओलीले पाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार