ढोरपाटन मा ९ नाउर र ४ झारलको शिकार
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २०:२३:१२
२३ वैशाख,बलेवा । चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ । विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका शिकारीले नौ नाउर र पाँच झारल शिकारको अनुमती पाएका थिए । तीमध्ये १ झारलको शिकार हुन नसकेको हो ।
दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो । पहिलो शिकार याम असोज–कात्तिकमा नौ नाउर र पाँच झारलको शिकार अनुमती दिइएको भएपनि कोभिड–१९ महामारीका कारण शिकार हुन सकेको थिएन् । पहिलो याममा एक झारल र एक नाउरको शिकार भएकोमा चालु वर्षको दोस्रो याममा भने लक्ष्यको नजिक शिकार भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।
आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको छ । शिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आउटफिटर्स प्रालि, ग्लोबल सफारिज प्रालि र हिमालयन सफारिज काठमाण्डौमार्फत शिकारी ढोरपाटन पुगेका थिए । बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताए । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुचाउने गरेको उनको भनाइ छ । विदेशी शिकारीसहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ ।
दोस्रो याममा अमेरिका, रुस, फ्रान्स, युक्रेन र स्पेनका पेशेवर शिकारीले शिकार गरेका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । शिकारको दर बढ्दा वार्षिक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । विभागले २०७७ चैत १० गते शिकार अनुज्ञापत्र प्रदान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार