फेरि दल विभाजनको अध्यादेश आउने
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २०:४६:५५
२३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओली संसदमा प्रष्ट अल्पमतमा छन् । त्यसैले उनी संसद्बारा विधेयक पास गरेर भन्दा अध्यादेशबाटै आफ्ना चाहना पूरा गर्न अभिशप्त छन् । वर्षे अधिवेशनको मुखैमा उनी भटाभट अध्यादेश ल्याउन हतारिएका छन् । तीन दिनअघि मात्रै उनले सातवटा अध्यादेश जारी गराएका छन् । आज पनि ओलीको दौडधूप अर्काे अध्यादेश जारी गराउनकै लागि भएको स्रोतको भनाई छ ।
आफ्नो सरकारलाई सहयोग गर्न तयार भएको जनता समाजवादी दलको महन्थ ठाकुर पक्ष पार्टी भित्र अल्पमतमा परेकाले फेरि राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न हतारिएका छन् । यथास्थितिमा ओलीलाई सहयोग गर्ने हैसियत गुमाइसकेको जसपाको ठाकुर पक्षकै चाहनामा ओलीले यस्तो कदम उठाउन लागेको स्रोतको दाबी छ ।
जसपा भित्र ठाकुर पक्षसँग मुश्किलले एक दर्जन सांसद् पुगेको अवस्था छ । ओलीलाई सहयोग गर्न उनीहरुले दल विभाजन गर्नै पर्ने वाध्यता रहेको छ । त्यसैले प्रधानमन्त्रीले सहयोग गर्नेका लागि बाटो फुकाइदिन यस्तो कदम चाल्न थालेको बताइएको छ । यसै प्रयोजनका लागि ओलीले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेका छन् । साँझ ५ बजे अध्यादेश जारी गर्नकै लागि क्याबिनेट मिटिङ डाकिएको हो–स्रोत भन्छ ।
तर यस्तो अध्यादेश जारी हुँदा एमालेकै माधव नेपाल पक्षलाई समेत फाइदा पुग्न सक्ने अवस्था देखिन्छ । अध्यादेशमा पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिसत मत जुटाउनुपर्ने व्यवस्था गर्न लागिएको स्रोतको दाबी छ । त्यस्तो अवस्थामा माधव नेपाल पक्षले दुई मध्ये एक ठाउँमा ४० प्रतिसत संख्या पु¥याउन सक्ने अवस्था रहेको पनि बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
अनामनगर मैतिदेवी क्षेत्रमा ५ बजेसम्म विद्युत अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार