संक्रमणबाट विराटनगरमा सात जना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २१:३३:४७
२३ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणबाट विराटनगरमा सात जना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना गरी सात जना संक्रमितको मृत्यु भएको हो ।
कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
अस्पतालका अनुसार संक्रमण देखिएपछि २५ वर्षीय युवकलाई वैशाख १९ गते भर्ना गरिएको थियो भने ६५ वर्षीय पुरुषलाई वैशाख २२ गते भर्ना गरिएको थियो । ५० वर्षीय पुरुषको कोसीमै बिहीबार बिहान ११ बजेतिर मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र एकजना वृद्ध पुरुष छन् । पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ को चाखालकी ३७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर भर्ना गरिएको थियो ।
नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको हो । श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उनी अस्पतालमा उपचाररत थिए । उनको बुधबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार