आफ्नो असली चर्तिकला देखाउँदै ओलीले बढाए सक्रियता
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २३:२२:४५
संसदको बजेट अधिवेशन आव्हानसँगै आफुले संसदमा विश्वासको मत लिने भनेर घोषणा गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः राजनीतिक भेटघाट र छलफललाई तीब्रता दिएका छन् । आफ्नाे सबैभन्दा बढी शत्रु झै देखिएका र सार्वजनिक सभा र सम्मलेनमा उभिन नपाउँदै तथानाम गाली र अत्यन्तै घृणित अपमानका शब्द प्रहार गर्ने अवस्थामा रहेका नेकपा एमालेका नेता माधव नेपाललाई भेटन समेत कुनै अप्ठ्यारो मानेनन् ।
उनले सरकारका पक्षमा मतदान गर्न आग्रह गर्दै माधव नेपाललाई फकाएको केही समय बित्न नपाउँदै हिजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटन देउवा निवास बुढानिलकण्ठ पुगे । प्रधानमन्त्री ओलीका पटक पटकका चर्तिकलाहरुबाट आजित भैसकेका नेपालका राजनीतिक दलहरु र नेपाली जनताहरु अब चाँहि ओलीको बहुलठ्ठीपनबाट मुक्त हुने कुरामा आशावादी देखिएका छन् ।
बालुवाटारलाई आफ्नो स्थायी मुकाम बनाउन लालायित वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली कुर्सीका लागि कतिसम्म गिर्न सक्छन् र कुन तहको हर्कतसम्म जान सक्छन् भन्ने कुाहरु उनका बिगतका हर्कतहरु र ब्यवहारहरुले देखाईसकेका छन् ।
पार्टी फुटे कुनै मतलब नराख्ने, कार्यकर्ताहरुमा निराशा छाए कुनै प्रकारको सान्तवना र ढाढस प्रदान नगर्ने, देशमा भोकमरी र महामारी फैलिए पनि नागरिकका समस्याहरुतर्फ कहिल्यै फर्किएर सम्म नहेर्ने, मुलुकमा भ्रष्टाचरीहरुको दबदबा बढदै गए या भ्रष्टाचारीहरु दिननुदिन मौलाउदै गए पनि बालुवाटारमा बाँसुरी बजाउदैं तेह्रथुममा जन्मोत्सव मनाउनमै मस्त रमाउने, जनता अचेत अवस्थामा पुगेर बहुलाउने अवस्थामा पुगे पनि औषधिमा कमिशन खोज्ने र ठेकेदारलाई काम गर्न नदिने, जनताले आफ्नो उत्पादनको मुल्य नपाएर रुदैं रुंदै सडक र सरकारको दैलो रुङ्गे पनि सरकार जनताको अभिभावक भएको आभाससम्म नदिलाउने, किसानले खेती गर्ने समयमा पानी र मल नपाएर बाली लगाउन नपाए पनि कुनै चिन्ता नहुने, आफ्ना वरिपरीका आसेपासेहरु भ्रष्टाचारमा डुङ्गडुङ्गती गन्हाए पनि किञ्चित मतलब नराख्ने प्रधानमन्त्री ओली माओबादी केन्द्रले आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेसँगै अहिले आएर भने अत्तालिएका छन् ।
आफु सधै बहुमतको प्रधानमन्त्री भएको र हिम्मत भए सरकारलाई दिएको समर्थन फिर्ता गरेर देखाउन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई पटक पटक सार्वजनिक सभा सम्मेलनहरुमा लल्कार्ने ओली माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै फेरी पनि तिर्मिराएका छन् । जनताका प्रतिनिधिहरुको साझा थलोको रुपमा रहेको संसदमा उपस्थित हुन नसक्ने नेपालको इतिहासकै डरछेरुवा प्रधानमन्त्री ओली आफ्नो कुर्सी हल्लिने अवस्था आए पछि भने अरु पार्टीका कार्यालय र पार्टी नेताका घरदैलो ढकढक्याउन पुगिरहेका छन् ।
केहि आलाकाँचा राजनीतिक सल्लाहकारहरुको गलत सल्लाहका कारणले हो या आफै मैमत्ता बनेर हो उनले घोषणा गरेको विश्वासको मत लिने कुरा अहिले आएर आफैलाई थप पेचिलो बन्दै गएपछि ओलीले बालुवाटारको रमझम छोडेर राजनीतिक दलका नेताका कटेरा धाउन सक्रियता देखाएका छन् । हारगुहारबाट कुनै गतिलो आश्वासन प्राप्त नभए ओली अन्य कुनै बाँकी रहेका अस्त्रको खोजीमा निस्कदैनन भन्ने कुनै ग्यारेन्टी भने छैन ।
नेकपा एमाले माधव खनाल समूहलाई धम्क्याएर र थर्काएर आफ्नो पक्षमा भोट हाल्न बाध्य पार्ने अवस्था समेत क्षीण हुदै गएपछि ओलीलाई यसपटकको विश्वासको मत प्राप्त गरी बहुमत सिद्ध गर्ने कार्यसमेत फलामको च्यूरा झै हुने देखिदैछ । आफ्नाे सरकार टिकाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउन बिगतमा आफैले नियुक्त गरेका बिभिन्न देशमा कार्यरत रहेका राजदूतहरुलाई धमाधम फिर्ता बोलाई रहँदा समेत कांग्रेस सभापति शेरबहादुर देउवाकी सासुआमाको म्याद भने थप गरेर शेरबहादुर देउवालाई खुशी पार्न खोजिरहेका छन् ।
हिजो तिनै शेरबहादुर देउवालाई नेपालको इतिहासकै अन्तिम कांग्रेस प्रधानमन्त्री भनेर सार्वजनिक सभामा घोषणा गर्न भ्याएका वर्तमानका प्रधानमन्त्री अहिले आफैं इतिहासको अन्तिम कम्युनिष्ट प्रधानमन्त्री बन्ने चिन्ताले हठात देखिएका छन् । हिजो नेपाली कांग्रेसलाई टर्च बालेर खोज्न जानुपर्छ भन्ने दुष्ट स्वभावका धनी ओली आज आफै कांग्रेससँग हारगुहार माग्न कांग्रेस नेतामा घरदैलोमा पुग्ने गरेका छन् ।
तर यसपटक ओली सरकार टिकाउन कांग्रेस सभापति देउवा लागेमा उनको पनि राजनीतिक भविष्य असुरक्षित हुने देखिदैछ । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवाज उठिरहेको कांग्रेस भित्र देउवालाई ओली निकट नेताका रुपमा बुझिदै आएको छ । विगतमा ओलीले गरेका असंबैधानिक कदमहरुमा मौन समर्थन देखाउदै आएका कारण नेपाली कांग्रेस बृत्तमा अहिले देउवालाई हेर्ने नजरमा परिवर्तन आईसकेको छ ।
ओली सरकार रहुञ्जेल आफु छायाँ प्रधानमन्त्रीको सुबिधा उपभोग गर्दै नेपाली कांग्रेसको महाधिवेशनलाई आफ्नो पक्षमा पार्ने अभियानमा लागेका देउवाले यस पटक पनि ओलीको प्रधानमन्त्री पद जोगाउने अनैतिक साँठगाँठ गरे उनको अहिलेसम्मको राजनीतिक उचाईमा समेत ब्रेक लाग्ने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब चिनी तीतो हुन्छ: डा. अरुणा उप्रेती
चैत १२, २०८० सोमबार
अर्थतन्त्र दलाल र कमिसनखोरको चंगुलमा, अर्थमन्त्री खर्च गर्ने क्षमताको खोजीमा
चैत ९, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार