जुम्लामा सुधार हुँदै विद्युत् सेवा
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १७:४१:२
२४ वैशाख,खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।
पुनर्निर्माणका लागि दूतावासले रु दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । सो रकमले विद्युत्को दुईवटा जेनेरेटर खरीद गरिएको थियो । अहिले विद्युत्गृहमा रहेका दुवै जेनेरेटर चलिरहेका छन । विद्युत् पुनर्निर्माणको जिम्मा भारतीय पारसी कम्पनीले लिएको थियो ।
संविधानसभा सदस्य ललितजङ्ग शाहीले भारतीय सरकारका तर्फबाट राजदूतावासको माध्यमबाट विद्युत् पुनर्निर्माणमा गरिएको सहयोग उपलब्धिपूर्ण रहेको बताए । उनले भने, “भारत सरकारले यहाँको विद्युत् मात्र होइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ । करोडौँका संरचना निर्माण भएका छन् । यो भारत नेपालको विकास साझेदारीमा एक उदाहरण हो ।”
भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले जुम्लामा रहेको विद्युत्मा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताए । जुम्लावासीको आग्रहबमोजिम भारत सरकारले विद्युत्मा लगानी गरेर पुनर्निर्माणको काम गरिदिएकामा जिल्लावासी खुशी भएको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कर्मा बुढाले बताए । तत्कालीन थोरै घरका लागि निर्माण भएको विद्युत् जीर्ण हुँदै जाँदा समस्या भएको थियो । अहिले पुनर्निर्माणले थोरै भए पनि राहत मिलेको छ ।
सांसद् शाहीको कार्यकालमा एलइडी बल्बको अवधारणा अघि बढ्यो । संसद् विकास कोषको रु २० लाख र साना जलविद्युत् उपभोक्ता समितिको रु पाँच लाखमा प्रतिघर चारवटा बल्ब निःशुल्क बाँडियो । “तर पनि विद्युत् समस्या समाधान हुन सकेन । जुम्लाको विद्युत् समस्या समाधानका लागि धेरै विकल्प अपनाइए तर समाधान हुन सकेन”, साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बढ्थापाले बताए । सदरमुकाम खलङ्गामा मात्रै विद्युत्का तीन हजारभन्दा बढी ग्राहक रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार