ओली र नेपाल मिल्ने संकेत
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १७:५०:८
२४ वैशाख, काठमाडौं । सत्ताधारी एमाले भित्रको विवाद फेरि सत्ताकै लागि भएको पुष्टी गर्दै पटाक्षेप हुने भएको छ । प्रधानमन्त्री केपी ओली कर्नरमा परेपछि एक कदम पछाडि फर्केर उनले असन्ुष्ट पक्षसँग सम्झौता गर्ने समझदारी बनेको छ । हिजो र आज बिहान भएको म्यारथन छलफलले ओलीलाई एक कदम पछाडि धकेलिदिएको छ ।
अब माधव–झलनाथ पक्षका नेताहरुको कारबाही प्रकृया रोक्न ओली सहमत भएका छन् भने एमालेमा रहेको समानान्तर गतिविधि माधव नेपाल पक्षले रोक्ने सहमति भएको स्रोतको दाबी छ । हिजो राति राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच पनि छलफल भएको स्रोतको दाबी छ ।
यद्यपि नेता नेपालले आफ्नो पक्षबाट घनश्याम भूषाल र योगेश भट्टराईले वार्ता गर्ने बताएका थिए । सोही बमोजिम हिजो मध्यरातसम्म प्रधानमन्त्री ओलीले भूषाल र भट्टराईसँग छलफल गरेका थिए । छलफलमा भएको सहमति अनुसार, सर्वाेच्च अदालतको निर्णय बमोजिम जेठ २, २०७५ अगावैको एमालेको अस्तित्व स्वीकार्न ओली तयार भएका छन् । तर अब बस्ने बैठकले फागुन २८ मा भएका निर्णय अनुमोदन गर्नुपर्ने छ ।
यसो गर्दा दुबै पक्षको वीन वीनको अवस्था आउने छ । यसबारे राति नै नेता नेपाललाई जानकारी गराइएको थियो । तर नेपालले ओलीको बोलीको भर नभएको भन्दै राष्ट्रपतिलाई साक्षी राखेर मात्रै सहमति गर्न सकिने सर्त राखेका थिए । सोही बमोजिम आज दिउँसो राष्ट्रपतिको रोहबरमा ओली र नेपालबीच सम्झौता गर्ने सहमति जुटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार