नेलम्बो नेपालद्धारा स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १८:३:२४
२४ वैशाख,गण्डकी । नेलम्बो नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । निर्देशनालयलाई रु एक लाख ८५ हजार ७५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु ५० हजार ७८० बराबरको सामग्री प्रदान गरिएको हो ।
संस्थाका तर्फबाट पिपिई सेट, मास्क, भाइजर, फेस शिल्ड, स्यानिटाइजर, स्यानिटाइजर स्ट्यान्ड, थर्मल गन, साबुन, स्प्रे बोतल, ग्लोब्सलगायतका सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरण गरेका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयलाई प्रदान गरिएका सामग्री ग्रहणका क्रममा सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सहयोगप्रति आभार व्यक्त गर्दै विषम परिस्थतिको मूल्याङ्कन गरेर नेलम्बोले सहयोग गरेको बताए । पहिलो चरणमा विभिन्न सङ्घसंस्थाबाट प्रदेश सरकारलाई रु चार करोड बराबरको सहयोग प्राप्त भएको जानकारी दिँदै उनले दोस्रो चरणमा पनि सहयोग जुट्दै जाने विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष देवकोटाले सरकार, सङ्घसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने बताए । निर्देशनालय र प्रतिष्ठानसँग सहकार्य गर्न संस्था तयार रहेको उल्लेख गर्दै उनले महामारीविरुद्घ लड्न निर्देशनालयलाई रु १५ लाखसम्मका सामग्री उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले नेलम्बोसँग सहकार्य गर्दै जाने जनाउँदै प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास व्यक्त गरे । निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले प्राप्त सामग्री जिल्ला तहसम्म पु¥याइने बताए ।
नेलम्बोका कार्यक्रम संयोजक डा किसन कोइरालाले प्रदान गरिएका सामग्रीका बारेमा जानकारी दिँदै संस्थाले आफ्नो स्थापनाको चार वर्षयता शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार