लमजुङमा घरेलु हिंसा बढ्दै
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १८:२१:३३
२४ वैशाख,लमजुङ । चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ती उजूरी परेकामध्ये ३६ वटा मिलापत्र भइसकेको छ भने २१ वटा अदालती प्रक्रियामा गएको र आठ वटाको काम भइरहेको छ ।
गत आर्थिक वर्षमा भन्दा यस चालू आवको नौ महिनासम्ममा चारवटा घरेलु हिंसा बढी भएको देखिन्छ । गत आर्थिक वर्षमा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजूरी परेका थिए । यसमध्ये ४५ मिलापत्र, ६ अदालती प्रक्रियामा गएको र १० वटाको काम भइरहेको केन्द्रको प्रमुख तथा जिल्ला प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक नन्दु अधिकारीले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा घरेलु हिंसासम्बन्धी १२ वटा निवेदन परेको थियो । सो निवेदनमध्ये नौ मिलापत्र भएको र तीन वटाको काम भइरहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा धेरै ७९ वटा उजूरी परेको थियो । जसमध्ये ४५ वटा मिलापत्र भइसकेको छ । १२ वटा अदालती प्रक्रियामा गएको र २२ वटा काम भइरहेको बताइएको छ ।
त्यस्तै, यस चालु आवको साउनदेखि चैत मसान्तसम्म प्रहरी कार्यालयमा २७ वटा ठाडो उजूरी परेको छ जसमध्ये १८ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र आठ वटाको काम भइरहेको छ । गत आव २०७६/७७ मा कार्यालयमा १८ वटा ठाडो उजूरी परेकामा ११ मिलापत्र भएको, एक अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको प्रहरी सहायक निरीक्षक अधिकारीले बताए ।
त्यस्तै, २०७५/७६ मा सबैभन्दा धेरै १२६ वटा ठाडो उजूरीका निवेदन परेकोमा ९१ मिलापत्र, २३ अदालती प्रक्रियामा र १२ वटाको काम भइरहेको उनले बताए । त्यस्तै, आव २०७४/७५ मा ३८ वटा ठाडो उजूरी परेकोमा २९ मिलापत्र भएको र नौ वटाको काम भइरहेको छ ।
जिल्लामा घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम, नाटक, पोष्टर वितरण लगायतका क्रियाकलाप गर्दै आए तापनि घरेलु हिंसामा कमी आउन नसकेको प्रहरी सहायक निरीक्षक अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार