सनराइज बैंक र सेलपेबीच सहकार्य
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार २०:३७:५८
२४ वैशाख, काठमाडाैं । सनराइज बैंक लिमिटेड र सेलपेबीच सम्झौता भएको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।्
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली भित्र रही विकास गरिएको सेलकमको दावी छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुने जनाइएको छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट सनराइज बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् ।
ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेश भित्रगरिने रेमिट्यान्स पठाउन-पाउन, बीमा रकम भुक्तानी, EMI भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने जनाइएको छ ।
वि सं. २०६४ मा स्थापना भएको सनराइज बैंकले १३९ शाखाहरु, १२ Extension Counter, ७४ शाखा रहित बैंकिङ्ग सेवा र १६० एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार