गुल्मीमा चट्याङ लागेर एकको मृत्यु, आठ घाइते
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार २०:४५:३४
२४ वैशाख,गुल्मी । मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन् । ज्यान जानेमा मुसिकोट नगरपालिका–४ दजाकोट निवासी १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङले लागेर घाइतेहरुलाई अस्पताल ल्याउने क्रममा गाहाको ज्यान गएको हो ।
आज बिहान ५ः३० बजे घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीया जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योति गाहा घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । घाइतेमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अनुहारलगायत शरीरमा चोट लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
चैत्र २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार