अक्सिजनको साहारामा कोरोना संक्रमित
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शनिबार ०:१३:८
२४ वैशाख,महेन्द्रनगर । दैनिक चारदेखि सात अक्सिजन सिलिण्डर मात्रै भर्न मिल्ने प्लान्ट रहेको अस्पतालमा कोरोना संक्रमणको महामारीमा संक्रमितको उपचार कस्तो होलारु सहजै अनुमान गर्न सक्छौं, स्थिति सकसपूर्ण ।
अक्सिजन आपूर्तीमा सकस, रहेका ६ सघन उपचार कक्ष९ आइसियू० श्यया भरिभराउ र अस्पतालको आकस्मिक कक्षमा समेत संक्रमितहरु भौतारिएका बेला महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारमा रहेका ९० प्रतिशत संक्रमित अक्सिजनका भरमा कोरोनासित लडिरहेका छन् जनशक्ति अपुग हुँदा पनि सङ्क्रमितको सेवामा अहोरात्र खटिएको अस्पतालमा अझै अक्सिजन पु¥याउन सकिएको छैन् ।“ यहाँ लक्षणसहितका उपचारमा रहेका सङ्क्रमित मध्ये ९० प्रतिशत भन्दा बढी अक्सिजन लगाएरै उपचार सम्भव भइरहेको छ ।” अस्पतालका डा. गोविन्द रोकायाले भने “ अक्सिजन बिना संक्रमितको उपचार नै सकसपूर्ण छ ।”अस्पताललाई दैनिक एकसय भन्दा बढी अक्सिजन आवश्यक भइरहेको उनको भनाइ छ । पैसट्ठी भन्दा बढी संक्रमित उपचाररत रहेको अस्पालमा यहाँका समाजसेवी युवा व्यवसायीहरुले दैनिक रुपमा अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेका छन् ।
यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लको अगुवाइमा विभिन्न संघ÷संस्थाहरुले पनि अस्पताललाई दैनिक ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गरारहेका छन् । अस्पतालमा शंकास्पद बिरामीहरु कोरोना परीक्षणका लागि आउनेक्रम बढिरहेको छ भने केही दिनयता अस्पतालबाट निको भएर घर जानेको संख्या पनि सन्तोषजनक रहेको छ ।
अक्सिजन खरिदकै लागि यहाँको भीमदत्तनगरपालिकाले रु २० लाख, बेदकोट नगरपालिकाले रु १० लाख लगायत यहाँका विभिन्न सहकारी र बित्तीय संस्थाहरुले पनि अस्पताललाई सहयोग गरिरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए । यसैगरी भारतबाट गड्डाचौकी नाका हुदै स्वदेश फर्किनेहरुको पनि सीमानाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । त्यहाँ नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको टोलीले अस्थायी होल्डिङ्ग सेन्टर निमार्ण गरिरहेको छ ।“ आइतबारदेखि सञ्चालनमा ल्याइसक्ने गरी होल्डिङ्ग सेन्टर बनाउने काम भइरहेको छ ।” श्रीदल गुल्मका गुल्मपनि सेनानी प्रतीकसिंह कार्कीले भने “ अब होल्डिङ्ग सेन्टर बनेपछि भारतबाट आउने नेपाली दाजुभाईहरुलाई पनि सहज हुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार