ओलीले बोलाएको बैठकमा सभामुख र देउवा नजाने
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शनिबार १:१६:२१
२४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि सापकोटा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका परिषदका अध्यक्ष ओलीले आइतबारका लागि बैठक बोलाए पनि उनीहरु दुवै जान यसअघि जस्तै सहभागी नहुने भएको स्रोतले जनाएको हो ।
गत मंसिर ३० गते संवैधानिक परिषद्को काम कर्तव्य अधिकार सम्बन्धी ऐनलाई संशोधन गरेर अध्यादेश ल्याएपछि सहभागी नभका सापकोटा र देउवा फेरि त्यही अध्यादेश जारी गरेर आह्वान गरेको बैठकमा नजाने भएका हुन्। ओलीले आफूसहित तीनजना मात्रै उपस्थित भए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश मंगलबार जारी गरेका छन्।
अध्यादेश र त्यसपछि भएको नियुक्तिविरुद्ध सभामुख आफैँ सर्वोच्च गएका छन्। उक्त रिट विचाराधीन रहेको अवस्थामा फेरि त्यसैअनुसार बोलाइएको बैठकमा नजाने सभामुखको सचिवालयले जनाएको छ।
त्यस्तै लोकतन्त्रको आधारभूत मूल्यमान्यता विपरीत विपक्षी दलको नेतालाई बाइपास हुने गरी ल्याइएको अध्यादेश र त्यसअनुसार बोलाइएको बैठकमा सभापति देउवाले सहभागी नहुने बताएका छन् । सुरुदेखि नै विवादमा तानिएको अध्यादेश फेरि जस्ताको त्यस्तै जारी भए पनि थप विवादित भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार