सगरमाथा आरोहण शुरूः कामीरिताको २५ औँ विश्व कीर्तिमान
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शनिबार २:१२:५८
२४ बैशाख, काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा ‘८,८४८.८६ मिटर’ हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने ‘रोप फिक्सिङ’ का क्रममा आज साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।
डोरी टँगाइ टोली साँझ ६ः०० बजे चुचुरामा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण शुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले रोप फिक्सिङसँगै सगरमाथा आरोहण शुरु भएको जनाउँदै आरोहणमा संलग्न टोलीलाई बधाई ज्ञापन गरेका छन् ।
सेभेन समिट ट्रेक्समार्फत गएको शेर्पा टोलीले सगरमाथा आरोहण खुलाएको हो । सगरमाथाको आधार शिविरमा रहेका निर्देशक आचार्यले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे, ‘सगरमाथा हिमचुलीमा आज २०२१ मे ७ तारिखका दिन बेलुकीको ६ बजे रोप पुगेको छ । यस वर्षको सगरमाथाको पहिलो समिट भएको छ । कामीरिता शेर्पाले नेतृत्व गरेको रोप फिक्सिङ टिमलाई बधाई ।’
सगरमाथाको आधार शिविरबाटै कुरा गर्दै निर्देशक आचार्यले कीर्तिमानी आरोही कामीरितासहितको शेर्पा आरोहीले चुचुरामा पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको बताए । उनले गतभन्दा अघिल्लो वर्षका तुलनामा सात दिनअघि नै सगरमाथाको आरोहण शुरु गरेर नेपालको व्यावसायिक आरोहणको सकारात्मक सन्देश विश्वभर गएको जानकारी दिए । सन् २०१९ को सगरमाथा आरोहण मे १४ तारिखदेखि शुरु भएको थियो ।
सगरमाथा आरोहणका लागि २० दिन बाँकी रहेकाले आरोहण व्यवस्थापनमा हरहमेसा तवरले जुटेको निर्देशक आचार्यले बताए । रोप फिक्सिङ टोलीमा कामीरिता, तेञ्जिङ शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, मिङ्माजोजी शेर्पा, फुरतेन्जी शेर्पा, ल्हाक्पानोर्बु शेर्पा, फुर्बाछिरिङ शेर्पा, छेटेनजोर्जी शेर्पा, तेन्जिङग्याल्जेन शेर्पा र फुर्बाकुसङ शेर्पा छन् ।
कामीरिताले तोडे आफ्नै कीतिमान
वसन्त यामको जारी आरोहणमा सगरथाको चुचुरामा २५ औँ पटक पुगेर कामीरिताले आफ्नै यसअघिको २४ पटकको विश्वकीर्तिमान तोडे । कामीरिताले २५ औँ कीर्तिमान बनाउन सफल भएको निर्देशक आचार्यले बताए । यो आरोहणबाट असहज परिस्थिति भए पनि नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश जानाका साथै सगरमाथाको नयाँ कीर्तिमान थपिएको विभागको बुझाइ छ ।
सन् २०१९ को वसन्त आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । उक्त वर्ष ४१ आरोही समूहका तीन सयभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१८ मा सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहका ३६४ आरोहीले आरोहण अनुमति लिएका थिए । सन् २०१७ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ आरोही समूहका ३६६ स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१६ मा ३८ समूहका ३०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।
कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।
सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपिडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी सलामी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।
सोलुखुम्बु –वसन्त यामको सगरमाथा आरोहण आजदेखि शुरु भएको छ । कामीरिता शेर्पाको नेतृत्वमा बाटो बनाउँदै गएको टोली साँझ ६ बजे सगरमाथाको चुचुरामा पुगेसंँगै यो यामको आरोहरण शुरु भएको विभागका निर्देशक आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिए । कामीरितासहितको नेपाली टोलीले आज सफलताका साथ चुचुरासम्मको बाटो निर्माण गरेको अधिकृत आचार्यको भनाइ थियो । मौसमले साथ दिएमा धमाधम आरोहण हुने बताइएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढ्यो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार