बलमिच्याइँ गरी अध्यादेशमार्फत पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन : नेपाल
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार १५:४६:३
२५ बैशाख, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता नेपालले ओलीले अध्यादेशबाट संवैधानिक नियुक्ति गर्न खोजेर गैरजिम्मेवारीपन प्रस्तुत गर्दै गएको टिप्पणी गरेका हुन् ।
नेता नेपालले भनेका छन्, ‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो।’
त्यसैगरी नेता नेपालले संकटका बेला पनि सरकार, नागरिकप्रतिको दायित्त्वबाट च्यूत भएको आरोप लगाएका छन् । साथै उनले प्रधानमन्त्री ओली गलत बाटोमा अघि बढिरहेको आरोप लगाउँदै त्यो तत्काल बन्द गर्न चेतानवी समेत दिएका छन् ।
‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्त्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्तिका प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवनरक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।’ नेपालले लेखेका छन् ।
ओलीले आइतबार विहानका लागि संवैधानिक परिषद् बैठक बोलाएका छन् । उक्त बैठकामा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले उपस्थित नहुने बताइसकेका छन् । लोकसेवा आयोग लगायत केही आयोगमा पदाधिकारी रिक्त रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार