पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइँदै
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार १८:२७:१५
२५ वैशाख, काठमाडौं । सरकारले चीनबाट पहिलो चरणमा चारसय अक्सिजनका खाली सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलकाे अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चारसय खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ ।
नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क दिएकाे ती सिलिन्डर ल्याउन थालेको हो । नेपालमा अहिले अक्सिजन सिलिन्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार