संक्रमण बढ्दै गएपछि दश दिन निषेधाज्ञा थप
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार २१:२५:१२
२५ वैशाख, अमरगढी । डडेल्धुरामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सुदूरपश्चिमका छवटा पहाडी जिल्लाका नाकाका रूपमा रहेको यस जिल्ला संक्रमण उच्च जोखिमका रहेका कारण वैशाख १९ गतेबाट २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोना संक्रमण तीव्ररूपमा फैलिएसँगै निषेधाज्ञालाई पनि कडाइका साथ निरन्तरता दिइएको छ । यसैगरी वैशाख २५ गते ९आज० देखि जेठ ४ गतेसम्मका लागि थप १० दिन निषेधाज्ञा जारी गरिएको उनले बताए ।
निषेधाज्ञाको अवधिभर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । खाद्य सामग्रीका पसल २५ गतेदेखि बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यहाँका सरकारी कार्यालयकोे समेत आकस्मिकबाहेक सबै सेवा बन्द गरिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार