बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार २२:३२:४९
२५ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा दुई जना र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा एक जना संक्रमितको मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–४ का ५८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी १९ गते अस्पतालमा भर्ना भएका थिए ।
यस्तै बाँकेको जानकी गाउँपालिका–३ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको पनि शनिबार बिहान १०ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई २३ गते अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–२ का ७४ वर्षीय पुरुषको शनिबार बिहान १०ः३० बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार