माओवादी र जसपाका नेताहरुसँग देउवाको गोप्य बैठक
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ शनिबार २३:४३:१४
२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा नेकपा माओवादी केन्द्र र जसपाबीच गोप्य बैठक जारी छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठककै बीचबाट सभापित देउवा गोप्य बैठकमा सहभागी हुन निस्केको खुलेको छ। स्रोतका अनुसार देउवा दलहरुसँगको छलफलमा सहभागी हुन बाहिरिएको बताइएको छ ।
माओवादी र जसपाका नेताहरुसँगको गोप्य बैठकका लागि उनी निस्के पनि छलफल कहाँ हुन लागेको छ भन्ने केही खुलाइएको छैन। एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिएमा ओलीविरुद्धको अविश्वास प्रस्ताव पास हुन नसक्ने निष्कर्ष निकालेको कांग्रेस र माओवादी केन्द्र एमालेकै माधव नेपाल पक्षले लिने निर्णयको पर्खाइमा छ।
त्यही कारणले पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता भइसकेको छैन। ओलीले आफू असफल भएमा फेरि संसद् विघटन गर्ने आशंका कांग्रेस र माओवादी केन्द्रको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार