कर्णालीमा २४६ जनाले कोरोना जितेर घर फर्के
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ आइतबार २:८:४१
२५ वैशाख, कर्णाली । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् । संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतका ११०, दैलेखका ६७, सल्यानका २९, कालीकोटका १८ तथा जाजरकोट र रुकुम ‘पश्चिम’बाट ११-११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रवीन खड्काले जानकारी दिए ।
यससँगै कर्णालीमा संक्रमण जितेर घर फर्कने आठ हजार ४४ पुगेका छन् । त्यसैगरी कोरोना संक्रमणबाट आज वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ६७ वर्षीय र छत्रेश्वरी गाउँपालिका २ सल्यानका ५० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएसँगै कर्णालीमा मृत्यु हुनेको संख्या ८२ जना पुगेको छ । तीन हजार ८१८ संक्रमित प्रदेशका विभिन्न आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार