स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सचेतना फैलाउँदै
नेपालबहस संवाददाता
बैशाख २५, २०७८ आइतबार ३:५५:५
२५ वैशाख, ललितपुर । कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमणबाट बच्नका लागि ललितपुर महानगरपालिका वडा नं २१, खोकनामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सचेतना फैलाउँदै आइएकाे छ । कोरोना भाइरसकाे जाेखिम नियन्त्रणकाे सम्भावनालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी, खोकना शाखा र ललितपुर महानगरपालिका वडा नं २१ को संयुक्त पहलमा यस सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
यस कार्यक्रम अन्तरगत सर्वसाधारणलाई जनचेतना जगाउदै कोरोनाको कहरबाट जोगिन समाजिक दुरी कायम गरी मास्क वितरण गरिएको हो । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मास्क वितरणसंगै चेतनामूलक कार्यक्रम संचालन गरिएको ललितपुर महानगरपालिका वडा नं २१ का वडा सदस्य ज्ञान भक्त डंगोलले जानकारी दिए । मास्क वितरण गर्ने क्रममा सर्वसाधारणलाई अनिवार्य रुपमा मास्क र सेनिटाइजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सल्लाह दिइएको वडा सदस्यले बताएका छन् ।
महामारीका रुपमा फैलिरहेको कोभिड– १९ को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारद्वारा जारी भएका स्वास्थ्य मापदण्डलाई एकजुट भई पूर्ण पालना गर्न र अत्यआवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
बैशाख ७, २०८१ शुक्रबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार