जुम्लामा फुजी स्याउको बगैँचा
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १८:४८:५४
२६ वैशाख,खलङ्गा । जुम्लाको गुठिचौर गाउँपालिका – ५ काडाखोला जलजलामा फुजि स्याउ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा।लि।का अध्यक्ष मीनबहादुर भण्डारीले ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन् ।
कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा।राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउको विरुवा रोपेर बगैँचा शुभारम्भ गरेका छन् । उनले भने,“ लकडाउनको समयमा बगैँचामै नआउनु पर्ने हो । डाक्टरले बिरामीलाई छोड्न सक्दैन् कृषि सचिवले किसान छोड्न सकेन । बगैँचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठाने ।”बगैँचामा एकैपटक ३० हजार विरुवा रोपिएको हो ।
स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न सक्ने उनले जानकारी दिए । एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले भने ,“ यो बगैँचा स्थापनाको कामले पूर्णता पाएसंगै केही आशाका किरण पलाएको छ । ” उनले बगैँचामा विरुवा रोप्नुअघि बगैँचाको आकार प्रकार तयार भएको , ८७ जनाले जग्गा भाडामा दिएको र एक लाख ५० हजार बर्गमिटर जग्गामा पूर्वाधारसहितको बगैँचा निर्माण गरिएको जानकारी दिए । बगैँचा स्थापनाको लागि झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
उनका अनुसार एक दिनमा २५० कामदारले रोजगार पाउनुका साथै एक आयोजना प्रमुख, दुई लेखापाल, एक ओभरसियर , दुई स्टोर किपर , १२ हेल्पर , चार जेटिए र चार चौकीदार राखिएको छ । दुई सहजकर्ता, तीन चालक र तीन सहचालक राखिएको छ । गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीय खुशी छन् । उनीहरुले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने जनाएका छन् ।
लगानीकर्ता भण्डारीले जडिबुटी ब्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउदा खुशी लागेको बताए । उनले भने,“ यो स्याउ बगैँचामा अर्गानिक मलको प्रयोग हुनेछ । २३ लाख रुपैयाँमा मल खरिद गरेर विरुवामा राखिएको छ । ” स्याउ खेती गरेर कृषि कर्मको एक परिचय दिने लक्ष्य रहेको भण्डारीले भने,“ बगैँचाबाट हुने आम्दानी शिक्षा, स्वास्थ्यसंगै सामाजिक कार्य र पारिवारिक समृद्धिमा लगाउँछु । यो बगैँचालाई नमुना बगैँचा बनाइराख्न पनि सदैव तत्परहेको सो फर्मका संचालक भण्डारीले बताए । “ सो स्याउ बगैँचा कृषि स्रोत केन्द्रका रुपमा स्थापित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरणा परियोजना कार्यनयन इकाईका प्रमुख नमराज भण्डारीले जानकारी दिए ।
जिल्लामा झण्डै ३ हजार ४ सय ५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समयमा जिल्लाका किसान फुजि जातको स्याउ व्यवसायिक खेतीमा आकर्षण भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार