भट्टराई निवासमा जसपाको बैठक बस्दै
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १९:३०:५२
२६ बैशाख, काठमाडाैं । जनता समाजवादी पार्टी ‘जसपा’को पदाधिकारी बैठक अहिले बसिरहेको छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा भोलि सोमबार बस्न लागेको प्रतिनिधिसभा बैठकका बारेमा छलफल गर्न जसपाको बैठक बसेकाे हाे ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बोलाएपछि दलहरुमा अहिले दौडधुप चलिरहेको छ । आज प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटको ब्रिफिङ र थप आगामी रणनीति तय गर्न शीर्ष नेताको बैठक बसेको बताइएको छ ।
आइतबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत दिन नसकिने जवाफ ठाकुर र महतोले दिएका छन् । यस्तै, देउवाले ओलीलाई विश्वासको मत नदिन र त्यसपछि बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।
देउवालाई पनि ओलीलाई विश्वासको मत नदिने जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसदमा एमालेका १२० सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । जसपामा हाल ३२ जना सांसद रहेका छन् ।
विपक्षीमा रहेका कांग्रेस, माओवादी विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यसअघि दुई धार देखिएको जसपाले ओलीलाई मत नदिए र तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत पाउने सम्भावना सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार