पाकिस्तानी राष्ट्रपतिद्वारा विद्युतीय मतदानको अनुमति
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १९:४२:३९
२६ बैशाख, इस्लामाबाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धी एउटा कानुनमा हस्ताक्षर गरेको छ । साथै विदेशमा रहेका पाकिस्तानी नागरिले पनि देशको संसदीय चुनावमा मतदान गर्न पाउने विधेयकलाई मञ्जुरी दिनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा पाकिस्तानी निर्वाचन आयोगलाई आमनिर्वाचनको प्रयोजनका निम्ति विद्युतीय मतदान मेसिन खरिद गर्न सक्ने अख्तियारी दिइएको उल्लेख छ ।
निर्वाचन सम्बन्धी कानुनमा गरिएको संशोधन बमोजिम अबका दिनहरुमा पाकिस्तानमा हुने संसदको निर्वाचन र उपचुनावमा विदेशमा रहेबसेका पाकिस्तानी नागरिकलाई मतदानको अधिकार हुनेछ ।
संशोधित निर्वाचन सम्बन्धी कानुनमा भनिएको छ, “निर्वाचन आयोगले राष्ट्रिय तथ्याँक तथा दर्ता निकाय वा अन्य सरकारी निकायसँग प्राविधिक सहायता लिएर निर्वाचनका समयमा मतदानको व्यवस्था गर्न सक्नेछ ।”
प्रधानमन्त्री इमरान खानको मन्त्रिपरिषदले मतदानको अधिकार सम्बन्धी अध्यादेश जारी गरेको हो । यसअघि पनि कानुनमा केही व्यवस्था गरेर मतदानको अधिकार, विद्युतीय मतदान मेसिनको प्रयोग तथा बायोमेट्रिक परीक्षण मेसिनको प्रयोगलाई नमुनाका रुपमा उपनिर्वाचनमा प्रयोग गरिएको थियो ।
राष्ट्रपतिको पछिल्लो आदेशसँगै आगामी सन् २०२३ मा हुने संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगका लागि बाटो खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार