लमजुङमा महिला र बालबालिका हराउने क्रम बढ्दो
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार १९:५२:२१
२६ वैशाख,लमजुङ । जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो ।
चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि चैत मसान्तसम्ममा ७० जना महिला,बालबालिका र ज्येष्ठ नागरिक हराएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार हराएकामध्ये २९ जना महिला, एक बालक, नौ बालिका र दुई ज्येष्ठ नागरिक फेला परेका छन् । त्यस्तै, अझै २४ महिला र पाँच बालिका भेटिएको छैन । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको यस सेवा केन्द्र प्रमुख अधिकारीको भनाइ छ ।
त्यस्तै गत आर्थिक वर्ष २०७६/२०७७ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा ८६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४ महिला, १६ बालिका, तीन÷तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ । त्यस्तै,ती हराएकामध्ये ४२ महिला, १४ बालिका, तीन बालक र दई ज्येष्ठ नागरिक फेला परेका छन् । हराएकामध्ये अझै २२ महिला, २ दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ ।
आर्थिक वर्ष २०७५/२०७६ मा एकसयचार महिला तथा बालबालिका हराएका थिए । यीमध्ये ७२ महिला, छ बालक, २६ बालिका रहेका छन् । ती मध्ये ५४ महिला, ४ बालक र २२ बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, १८ महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४ /२०७५ मा ८० जना महिला तथा बालबालिका हराएको प्रहरीको तथ्यांकमा रहेको छ । यीमध्ये ५० महिला, १२ बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३ महिला, छ बालक र छ बालिका फेला परेका थिए भने, २७ महिला, छ बालक र १२ बालिका भने भेटिएको छैन । त्यस्तै आर्थिक वर्ष २०७३/२०७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । त्यस्तै सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । तीमध्ये २२ महिला, १२ बालक र छ बालिका फेला परेको प्रहरीको तथ्यांकमा रहेको छ ।
प्रहरी तथा सम्बन्धित निकायले महिला तथा बालबालिका र ज्येष्ठ नागरिक हराउने संख्या न्यूनिकरण गर्नका लागि विभिन्न रोकथामका प्रयास, संचेतनामूलक कार्यक्रम गरेपनि कमी आउन नसकेको प्रहरीले जनाएको छ । यसका लागि समाजका नागरिक नै शिक्षित भएर सचेतना फैलाउने र आफ्ना परिवारका सदस्य र समाजका आफन्त तथा छिमेकीहरुको रेखदेश राम्रोसँग गर्न सकेमा यसरी हराउने संख्यामा कमी आउने केन्द्रका प्रमुख अधिकारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार