सप्तरीका कृषकमा छैन् कोरोना प्रभाव
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २०:१८:३८
२६ वैशाख,राजविराज । सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकले स्थानीयस्तरमा उत्पादन गरेको हरियो सागसब्जीले सहज बनाएको छ ।
राजविराजसहित स्थानीयवासीले भोग्दै आएको कोरोना महामारीका कारण समस्यालाई दृष्टिगत गरी जिल्लाको दक्षिण भेगका करीब ३२ कृषकले छुट्टाछुट्टै ठाउँमा स्थानीयस्तरमा खेतमा उत्पादन गरेको तरकारी गाउँगाउँ तथा शहरबजारसम्म पु¥याएर बिक्री वितरण गर्ने कार्य कृषक लागि परेको कृषि प्राविधिक रामकुमार साहले जानकारी दिए ।
सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा सञ्चालित समुन्ती कार्यक्रम जीविकोपार्जन कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगको छिन्नमस्ता गाउँपालिकाका दुईवटा वडामा अति विपन्न परिवारका कृषक तथा महिला सदस्यले कृषक समूहमार्फत गरेको तरकारी खेतीले स्थानीयस्तरमा हरियो सागसब्जी आपूर्ति व्यवस्थालाई सहज बनाएको कृषि प्राविधिक साहको भनाइ छ ।
उनका अनुसार कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गरी स्थानीयस्तरमा तरकारी अभाव हुन नदिनका लागि उनीहरुले तरकारी उत्पादनमा जोड दिएर बजारसम्म पनि तरकारी पठाएर बिक्रीवितरण गरिरहेका छन् । करीब १७ वटा कृषक समूहले तीन बिघा जग्गामा विभिन्न प्रकारका सागसब्जी लगाएका छन् । डिहवारबाबा कृषक समूहले लगाएको त्यहाँ तरकारी उत्पादन गर्न सेभ द सप्तरीले जग्गा भाडामा लिई कृषकलाई निःशुल्क बीउबिजनसमेत सहयोग गरेको छ ।
साथै उनीहरुलाई बीउबिजन, मलखाद, कीटनाशक औषधिलगायतका आवश्यक कृषि औजार तथा सिँचाइका लागि पम्प सेट, बोरिङका लागि यस परियोजनाले सहयोगसमेत गर्दै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका टोपबहादुरसहितले सर्वोच्चमा दिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार
मार्फा गाउँको स्याउ बारी
बैशाख १३, २०८१ बिहिबार