संक्रमण बढेपछि वाग्मती तीर्थ यात्रा स्थगित
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २१:३:३७
२६ वैशाख,काठमाडौं । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण तीव्र हुन थालेपछि यस वर्षको ऐतिहासिक वाग्मती तीर्थयात्रा स्थगित गरिएको छ ।
कोरोनाबाट बच्न बन्दाबन्दी गरिएका कारण गत वर्ष पनि वाग्मती तीर्थयात्रा स्थगित गरिएको थियो । यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैलिएकाले जात्रा स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ने मुनिले शुरु गरेको विश्वास गरिने सो तीर्थ यात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०४१ देखि बन्द भएकामा कोषका सदस्यसचिव डा प्रदीप ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनः शुरु भएको हो ।
विसं २०७५ मा ३५ र विसं २०७६ मा १०८ जनाले वाग्मती तीर्थ यात्रामा सहभागिता जनाएका थिए । लामो समयपछि पुनः शुरु गरिएकाले दुवै वर्ष वैशाख शुक्ल षष्ठीदेखि मात्र यात्रा शुरु गरिएको थियो । विसं २०४१ सम्म भने वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन यात्रा गरिन्थ्यो ।
तीर्थयात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्मसमेत गरिन्छ । विसं २०७५ मा निरन्तरता दिँदा सात दिनको यात्रा गराइएको थियो । विसं २०७६ मा भने दुई दिन बढाएर नौ दिन गरिएको थियो । विसं २०७७ देखि पुनः यात्राको दिन अझ बढाउने तयारी गरिएकामा कोरोनाका कारण दुवै वर्ष स्थगित गर्नुपरेको कोषका सदस्यसचिव ढकालले सुनाए । आगामी वर्षदेखि भने यात्रालाई पुनः निरन्तरता दिइने जनाइएको छ ।
विसं २०४१ सम्म वाग्मती नदीभित्र पानीमै खाली गोडा यात्रा हुन्थ्यो । नदी स्वच्छ हुँदा कटुवाल दहबाट वाग्द्वारसम्मका १६५ वटै तीर्थस्थलमा वाग्मतीकै जलले स्नान गरिन्थ्यो । विसं २०७५ र २०७६ को तीर्थयात्रामा पानी पूर्णरुपमा स्वच्छ नभएकाले हातले छम्कँदै हिँड्न बाध्य हुनुपरेको पुजारी मदन भट्टले गुनासो गरे ।
तीर्थयात्राले वाग्द्वारकै जस्तो स्वच्छ पानी कटुवाल दहबाट उपत्यकाबाहिर पठाउने गरी जागरण अभियान फैल्याउने कोषको लक्ष्य छ । यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र वाग्मती सफाइ महाअभियानलगायत सहायक नदीको सफाइ अभियानसँग सहकार्य गरिने पनि सदस्यसचिव ढकालले बताए ।
तीर्थयात्रा समूह पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधना गरी निस्कन्छ । पशुपतिबाट निस्की कटुवालदहबाट सुन्दरीघाट, टेकु, शङ्खमूल, पशुपति क्षेत्र, गोकर्णेश्वर, सुन्दरीजल, वाग्मतीको उद्गमस्थल, बूढानीलकण्ठ हुँदै साँखु बज्रयोगिनीबाट पुनः पशुपति रुद्रगाडेश्वर आएर समापन गर्ने विधि छ ।
यस क्रममा १६५ तीर्थमा स्नान, पूजा, दर्शन गरिन्छ । तीर्थयात्री बास बसेको स्थानमा विशेष पूजा, यज्ञ हुन्छ । यात्रा समापनका अवसरमा गोदान, शथ्यादानसमेत हुने विधि रहेको पुजारी भट्टले सुनाए । पैतीस वर्षसम्म रोकिएको काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको तीर्थयात्रा संस्कृतिले पुनर्जागरण प्राप्त गरे पनि कोरोनाका कारण दुई वर्ष फेरि रोकिनुपरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
सोमेश्वर मन्दिरमा दुई लाख बढी भक्तजनले दर्शन गरे
बैशाख ६, २०८१ बिहिबार
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीनै जनाको सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार