कोरोनासंगै पुन सुस्ताए बागलुङका पर्यटकीय क्षेत्र
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २१:४३:२७
२६ वैशाख,बलेवा । चैत्राष्टमीको केही दिनअघि नवलपुर उद्योग वाणिज्य संघको समुह बागलुङका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्कियो । त्रिवेणीधामबाट शुरु भएको यात्रा मुक्तिनाथ पुगेर फर्किएपछि सकियो । झण्डै एक साताको यात्रामा निस्किएको समुहले एक दिन जिल्लामा बितायो । जिल्लाको कालिका मन्दिर, संसारकै लामो पुल, शालिग्राम संग्राहलय, पञ्चकोट लगायतका पर्यटकीय स्थलमा पुग्न समुहले छुटाएन ।
यही वैशाख ७ गते चैतेदशैंका दिन बागलुङ कालिका भगवतीको मन्दिरमा झण्डै १५ हजार दर्शनार्थी पुगेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का बताउछन् । सोही दिन लामो पुल र पञ्चकोटमा पनि आन्तरिक पर्यटकको घुईंचो थियो । कोरोना महामारी सुरु भएको झण्डै एक वर्षपछि बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरुमा चहलपहल शुरु भएको थियो ।
चहलपहल सुरु भएको केही समयमै कोरोना महामारीको दोस्रो लहरले बागलुङका पर्यटकीय क्षेत्र पुनः सुस्ताएका छन् । दिनमै हजार बढी आन्तरिक पर्यटक पुग्ने पञ्चकोटमा अहिले कठिनले एक सय जना त्यहाँ पुग्छन् । लामो पुलमा ओहोरदोहोर गर्नेको संख्या निकै घटेको छभने बलेवाको बञ्जी र बलेवा कालभैरवको पुजाआजाका लागि पुग्नेहरु देखिनै छाडेका छन् ।
यहाँका मठमन्दीर प्रवेशमा रोक लगाइएको छ । महामारी र बन्दाबन्दीको मारमा परेका साना–ठूला होटल पाहुनाले भरिभराउ हुँदै थिए । कोरोनाले थलिएर धीमा गतिमा चलेको बागलुङको पर्यटनले लय समात्ने होटल व्यवसायीमा आशा जगाएको थियो । तर, एक महिना नबित्दै पर्यटकको सङ्ख्या ओरालो लागेको छ ।
कोरोना महामारी तीव्र गतिमा फैलिएपछि जिल्लाका पर्यटकीय स्थलहरु पुनः सुनसान हुन थालेका छन् । पोखरा, काठमाडौंलगायतका ठूला सहरमा लगाइएको आंशिक र पूर्ण निषेधाज्ञाको प्रभावले बागलुङका पर्यटकीय स्थलमा असर मात्रै गरेको छैन् बागलुङमै देखिएका संक्रमितका कारण पर्यटन क्षेत्रमा उथलपुथल ल्याएको पर्यटन विकास समितिका अध्यक्ष राजु खड्का बताउछन् ।
पछिल्लो साता बागलुङ घुम्न आउने पर्यटकको संख्या ह्वात्तै घटेको खड्काले बताए । उनका अनुसार फाट्टफुट्ट पर्यटक घुम्न आएका छन् । होटलमा बास बस्ने गरी आउने कमै छन् । ‘नयाँ वर्षमा सोचेभन्दा बढी पर्यटक आएका थिए । त्यतिबेलाको चहलपहल देख्दा सुस्ताएको पर्यटनले लय समात्छ भन्ने आश थियो’, उनले भने, “कोरोनाको संक्रमण फेरि देखिन थालेपछि अहिले सुनसान बढ्दै छ ।”
असोजबाट पर्यटन व्यवसाय खुल्न थाल्यो । उत्साहजनक रूपमा पाहुना नआए पनि विस्तारै पाहुना बढ्दो क्रममा थिए । यहाँका यातायात व्यवसायीलाई पनि निकै आशा थियो । महामारीको दोस्रो लहर चलेपछि यातायत क्षेत्रमा समेत ठूलो असर परेको ट्याक्सी व्यवसायी कमल गाउँले बताउछन् । “जिल्लामा साना सवारीका लागि यहाँका धार्मिक तथा पर्यटकीय स्थल मुख्य स्रोत हुन्”, उनी भन्छन्, “छोटो दुरीका सवारी समेत चल्न छोडेकाले हामी निकै मारमा छौं, दिनभर कुर्दा एक दुई जना यात्रु पाउन मुस्किल छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार