भक्तपुरका मिठाइमा बढी रङको प्रयोग
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २३:२२:५७
२६ वैशाख,भादगाउँ । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञाका बीच पनि बजार अनुगमनलाई निरन्तरता दिएको भक्तपुर नगरपालिकाको बजार अनुगमन समितिले आज मिठाई पसलहरुको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा रहेको समितिले आज कमलविनायक र च्याम्हसिंह क्षेत्रमा रहेका मिठाई पसलहरुको अनुगमन गरेको हो ।
मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने औंसी पर्वलाई लक्षित गरी मिठाई पसलहरुको अनुगमन गरिएको संयोजक गोराले बताए । अनुगमनका क्रममा म्याद नाघेको लड्डुु तथा मिठाईमा राख्ने रङ, विभिन्न मिठाईहरूमा बढी मात्रामा रङ राखेको पाइएकाले त्यस्ता मिठाईहरू जफत् गरी नष्ट गरिएको उनले जानकारी दिए ।
सो अवसरमा मिठाई पसल सञ्चालकलाई मिठाई बनाउँदा जनस्वास्थ्यको ख्याल गर्न, गुणस्तरीय मिठाई उत्पादन गर्न, सरसफाइमा ध्यान दिन साथै खाद्य तथा गुण नियन्त्रण विभागको स्वीकृतबमोजिम मात्र रङहरूको मात्रा राख्न सुझाव दिएको संयोजक गोराले बताए । अनुगमनमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, भक्तपुर उद्योग वाणिज्य संघ, प्रहरी र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार