अक्सिजन अभाव हुन नदिन सिलिण्डर वितरण गर्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २३:३१:३१
२६ वैशाख,भक्तपुर । कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई कोरोना संक्रमितको ज्यान गएको प्रहरीमा खबर पुग्यो । अस्पतालमा भर्ना भएका अन्य २८ जना बिरामीलाई पनि अक्सिजन अभावले थप समस्या पार्ने खबर पाए लगत्तै प्रहरी सक्रिय भयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापाले अक्सिजन अभावले बिरामीको ज्यान गएको र अरु बिरामी पनि जोखिममा रहेको जानकारी पाए लगत्तै प्रहरीले सङ्कलन गरेको ठूला १२ वटा सिलिण्डर अक्सिजन तत्कालै अस्पताललाई पठाएर अरु बिरामीको ज्यान सुरक्षित गर्न सफल भयो ।
यतिखेर प्रहरी परिसर भक्तपुर शान्ति सुरक्षाका साथै जनताको सुरक्षाका लागि पनि सक्रिय भएको छ । प्रहरीले विभिन्न वर्कशप, जिमखाना र अक्सिजन सप्लायर्सलगायतका ठाउँबाट सङ्कलन गरेको अक्सिजनसहितको सिलिण्डर अस्पतालहरुलाई वितरण गरेको छ । प्रहरी उपरीक्षक थापाले भनीन्, “कोरोनाबाट जोगिदै मानवीय सेवामा निरन्तर लागिरहेका छौँ ।”
प्रहरी परिसर भक्तपुरले भक्तपुर अस्पताललाई पाँच वटा अक्सिजनसहित र ५० वटा खाली गरी ५५ वटा सिलिण्डर र नेपालकोरिया मैत्री नगरपालिका अस्पताल थिमिलाई २५ वटा र अल्का अस्पताल ललितपुरलाई अक्सिजनसहितको तीन गरी ९५ वटा सिलिण्डर वितरण गरेको छ । अत्यावश्यक अवस्थाका लागि पाँच वटा अक्सिजनसहितको सिलिण्डर जगेडामा राखेको छ ।
केही दिन अगाडि पनि प्रहरीले “तपाइँको मास्क खै रु” भन्ने अभियान सञ्चालन गरेर मास्क नलगाएका व्यक्तिलाई मास्क वितरण गरेको थियो । प्रहरीले अहिले निषेधाज्ञाको उल्लङ्घन गरेर जथाभावी हिड्ने र सवारी साधन चलाउनेहरुलाई सडकमै जरिवाना लगाउने तथा होल्डिङमा राख्ने गरेको प्रहरी उपरीक्षक थापा बताउछिन् ।
संक्रमण रोग निवारण ऐनअन्तर्गत गत वर्षको निषेधाज्ञामा मास्क नलगाई हिँड्ने, बिना कारण घर बाहिर निस्किएर हिँड्ने र पास नभई जथाभावी हिँड्ने सवारी साधन गरी १६ हजारलाई कारबाही गरी सरकारलाई १६ लाख राजस्व बुझाएको थियो । यस वर्ष पनि बिना कारण घर बाहिर निस्किएर हिँड्ने र पास नभई जथाभावी हिँड्ने सवारी साधनलाई नियन्त्रणमा लिएर रु। १०० जरिवाना तिराउने गरेको प्रहरी उपरीक्षक थापाले बताइन् । प्रहरीले माइकबाट जनचेतना फैलाउने कार्यलाई पनि निरन्तरता दिएको छ ।
काममा खटिएका प्रहरीलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन सामुदायिक विद्यालयलाई समेत व्यारेक बनाएको छ । भक्तपुरको विद्यार्थी निकेतन मावि र श्रीपद्म माविमा प्रहरी व्यारेक बनाएको छ । परिसरभित्र रहेका प्रहरीलाई बाहिरका प्रहरीसँग सम्पर्क नगराउने र बाहिर काममा खटिएका प्रहरीलाई परिसरभित्र नराखी स्कुलमा बसेर त्यहीँबाट काममा जाने व्यवस्था गरेको छ ।
व्यारेकमा नबसी घर र कोठामा बस्ने प्रहरीहरुलाई भने परिसरबाट नभई बाहिरबाटै काममा खटिएर जाने गरी व्यवस्था गरिएको छ । प्रहरीलाई एकै पटक संक्रमण नहोस् भनेर काममा खटिने विशेष व्यवस्था गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार