बागलुङमा अक्सिजन सिलिण्डर खोजी अभियान
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १६:३५:१७
२७ वैशाख,बलेवा । बागलुङका मोटर ग्यारेज र व्यक्तिका घरघरमा रहेका अक्सिजनका सिलिण्डरको खोजी कार्य शुरु भएको छ । बागलुङ नगर स्वास्थ्य शाखासहित जिल्लाभरका स्वास्थ्य कार्यालयले खोजी कार्य अगाडि बढाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । सबैभन्दा बढी सिलिण्डर बागलुङ बजारका ग्यारेजमा भेटिएको छ ।
अस्पतालमा रहेका ५० वटा सिलिण्डरसहित ६० वटा थप भेटिएपछि अस्पतालका लागि ११० वटा पुगेको जनस्वास्थ्य निरीक्षक दिनेश जिसीले बताए । “हामीले खोजी अभियान जारी राखेका छौँ, भरपाई गरेर नगरपालिकाले ल्याएको छ, मोटर ग्यारेज अहिले चलेका छैनन्, अस्पतालमा आवश्यक छ, त्यसैले सङ्कलन गरेका हौँ”, उनले भने । बागलुङ बजारबाहेक गलकोट, बुर्तिवाङलगायतका बजारमा पनि छिटफुट रहेका अक्सिजन सिलिण्डर खोज्ने काम भएको छ ।
धौलागिरि अस्पतालमा कोरोनाका जटिल संक्रमितहरु बढिरहेका छन् । दैनिक शय्या भरिएकाले अक्सिजनसमेत चाहिएको हो । अस्पतालभित्रका २५ शय्यामा प्लान्टको अक्सिजन वितरण भए पनि बाँकी शय्या र रातमाटास्थित आइसोलेसन केन्द्रमा अक्सिजनको आवश्यकता बढेको हो । शनिबार बेलुका केही सङ्क्रमितलाई रातमाटा लगेर भर्ना गरिएको छ । संक्रमितहरु घरघरमा बसे पनि जुनसुकै बेला समस्या थपिएर आउने अवस्था भएपछि सिलिण्डरको जोहो गराइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
कोरोनाको संक्रमण भएर श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई धेरै अक्सिजन चाहिने भएकोले यो बेला बढी खोजी भएको हो । सामान्य बिरामीलाई सात घण्टा पुग्ने अक्सिजन सिलिण्डर कोरोनाका संक्रमितलाई दुईदेखि तीन घण्टामै सकिने गरेको चिकित्सकहरुले बताएका छन् । शनिबार बिहान पनि धौलागिरि अस्पतालमा २५ वटा सिलिण्डर सकिएपछि भर्नका लागि पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले बताए ।
अस्पतालमा जडान भएको प्लान्टमा कम्प्रेसर मेसिन नभएकाले सिलिण्डरमा भर्ने व्यवस्था छैन । अक्सिजन प्लान्टको सर्भिसिङसमेत नभएर आपूर्ति ठप्प हुने बेला आएको छ । यो जटिल समस्यामा तत्काल सहयोज जुटाएर दुवै काम गर्ने योजना बनाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । उनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा बजेट माग गरिरहेको बताए । अस्पतालका चिकित्सकका अनुसार कम्प्रेसर मेसिन ल्याएर सञ्चालन गर्ने तथा अक्सिजन भर्ने कामका लागि तत्काल रु २० लाख बजेट आवश्यक हुनेछ ।
अघिल्ला वर्षझैँ शुरुआतमै आइसोलेशन नबने पनि पालिका तहमा पनि अक्सिजनसहितको मात्रै बनाउने क्रम शुरु भएको छ । ताराखोला गाउँपालिकामा निर्माण भएको १५ शय्यामध्ये दुई वटा अटोमेटिक कन्सल्ट्यान्ट मेसिन राखिएको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले बताए । ताराखोलामा आइतबारसम्म ३० भन्दाबढी होम आइसोलेशन कक्षमा छन् । बडिगाड गाउँपालिकामा १० वटा अक्सिजनसहितको आइसोलेशन कक्ष बनाइएको छ । दुई वटा यसअघिनै ल्याएका मेसिनबाहेक पाँच वटा खरिदको प्रक्रिया थालिएको हो ।
बरेङले पनि दुई वटा अक्सिजनको सिलिण्डर व्यवस्थापन गरेको छ । तमानखोला र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि अक्सिजनसहितको व्यवस्थापन भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । “अहिले जोड्ने पूर्वाधारले पछिसम्म काम गर्नेछ”, स्वास्थ्य शाखा प्रमुख घनश्याम सापकोटाले भने, “नगरपालिकाले बजेट विनियोजन गरेको छ, निजी संस्थामा भेटिएका अक्सिजन सिलिण्डर पनि खोजी भइरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार