व्यावसायिक खेतीका लागि १८ हजार ओखरका बिरुवा खरिद
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १७:३६:४९
२७ वैशाख,डोल्पा । डोल्पामा व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका अठार हजार बिरुवा खरिद गरि जहाजमा ढुवानी शुरु गरिएको छ ।
क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको रु ९१ लाख ६२ हजार रकम अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरि आजदेखि जहाजमा ढुवानी शुरु गरिएको हो । आजमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए ।
सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा मङ्गलबार आइपुग्ने लामाको भनाइ छ । एउटा ओखरको बिरुवाको टर्कीबाट खरिद गरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पु¥याउँदा रु एक सय नौ परेको कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाका सम्पुर्ण ओखर पकेट र बल्गमा आवद्ध इच्छुक कृषक तथा समूहका लागि बिरुवा वितरणका लागि आइतबार नै सूचना जारी गरिएको कार्यालयको भनाइ छ । मङ्गलबारदेखि नै बिरुवा वितरण शुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाइने कृषि कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार