देउवाद्वारा कार्कीको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १८:१७:७
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ । ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति कार्कीको काठमाडाँैंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा आज बिहान ७८ वर्षका उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई मर्माहत र दुखित बनाएको उल्लेख जनाउँदै उनीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । सभापति देउवाले कार्कीले पार्टी संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने जनाएको छ ।
विसं १९९९ पुस १४ गते जन्मनुभएका कार्की २०१८ सालदेखि कांग्रेसको राजनीतिमा संलग्न रहँदै आएको थियो । पार्टी प्रतिबन्धितकालमा उनी कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कोषाध्यक्षसमेत थिए । नेपालमा लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा कार्कीले पटकपटक कारागार जीवन बिताएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज नेतृत्वलाई गुमाएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार