१० करोड इकाई जारी गर्दै प्रभु क्यापिटल
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १८:४९:४४
२७ वैशाख, काठमाडौं । प्रभु सामुहिक लगानी कोष अन्तर्रगत प्रभु सेलेक्ट फण्डले आगामी जेष्ठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।
यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ ।
निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाखइकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाखइकाईका लागि सर्वसाधरणले आवेदनदिन सक्नेछन् । फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गतेबाट छिटोमा जेष्ठ ९ गते भित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १९ गते सम्म इकाई बिक्रीखुला रहने क्यापिटलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाउन्टेन इनर्जीको साधारणसभा आज, के-के छन् एजेण्डा ?
चैत १३, २०८० मंगलबार
प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न
चैत ८, २०८० बिहिबार
सर्वोत्तम सिमेन्टको पहिलो कारोबार नेप्सेमा खुला
चैत ६, २०८० मंगलबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार