निजीलाई पनि कोभिड अस्पतालमा सञ्चालन गर्ने तयारी
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १९:३९:१
२७ वैशाख,वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । मकवानपुरमा रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैया र मकवानपुर सहकारी संस्थाद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालमा २५ शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो ।
जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार ती दुबै निजी क्षेत्रबाट सञ्चालित अस्पताललाई तत्कालका लागि कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
हाल हेटौँडा अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार हुँद आएको छ । हेटौँडा अस्पतालमा दिन प्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएकाले उपचारका लागि शय्या अभाव हुन सक्ने भएकाले आवश्यकता महशुस गरी निजी अस्पतालमा समेत कोभिडका बिरामी उपचार गर्ने गरी व्यवस्था मिलाइएको हो ।
मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिकामा गौरीटार आइसोलेसनमा अक्सिजन र मेडिकल टोलीसहित १२० शय्या रहेको छ । यसैगरी जिल्लाका सबै पालिकामा न्यूनतम् १० देखि अधिकतम २५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० पालिका रहेका छन् । मकवानपुरका दशवटै स्थानीय तहको पहलमा कोभिड१९ भाइरसको पिसिआर परीक्षणको दायरा बढाउने तयारी गरिएको छ ।
मकवानपुरको कोभिड संक्रमित तथा मृत्य र संक्रमण मुक्त भएको तथ्याङ्कबारे सूचना एकद्धार प्रणालीमा दिनलाई आवश्यक समन्वय गर्न सबै निकायमा जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार