झापाको चार निजी अस्पतालमा कोरोना उपचार
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार २०:२:२६
२७ वैशाख,झापा । झापामा निजी अस्पतालहरुले धमाधम कोभिड–१९ का संक्रमितहरुको उपचारका लागि आइसियूसहितका कक्षहरु छुट्याएका छन् । सङ्कटको घडीमा सरकारलाई सहयोग गर्ने र कोभिडका संक्रमितहरुको सेवा गर्ने उद्देश्यले चार निजी अस्पतालले २७५ शय्याको व्यवस्था गरेका हुन् ।
विर्तामोडस्थित विएण्डसी अस्पतालले २०० शय्या, विर्तासिटी अस्पतालले २५ शय्या, मनमोहन सामुदायिक अस्पतालले १० शय्या र दमकस्थित लाइफलाइन अस्पतालले ३० शय्या गरी कूल २७५ शय्याको व्यवस्था गरेका छन् । हाल विएण्डसी अस्पताल र विर्तासिटीले कोडिभ संक्रमितका उपचार गरिरहेका छन् भने मनमोहन र लाइफलाइनले पनि तयारी शुरु गरेका छन् । जिल्लामा संक्रमितको सबैभन्दा बढी उपचार गर्ने विएण्डसी अस्पताल रहेको छ ।
दमकको सबैभन्दा पुरानो निजी अस्पताल हो लाइफलाइन । अस्पतालको चौथो ब्लकमा आइतबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा।सूर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवासहित कोभिडका बिरामीहरुले यहाँ सहज रुपमा सेवा पाउनेछन् ।
अस्पतालका अध्यक्ष डा मुक्तिनाथ भट्टराईले शय्या क्षमताअनुसार कसैलाई विभेद् नगरी अस्पतालमा कोभिडका बिरामीहरुलाई भर्ना लिइने बताए । यो विषम परिस्थितिमा यस क्षेत्रका कोभिडका बिरामीहरुलाई सेवा दिएर ज्यान बचाउन सकिए हुन्थ्यो भन्ने लागेर उपचार केन्द्रको रुपमा नै कोभिड वार्ड शुरु गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक
चैत १६, २०८० शुक्रबार
मार्फा खोलामा बाढीले यातायात प्रभावित
चैत १६, २०८० शुक्रबार