वैकल्पिक सरकार बन्ने संभावना प्रबल
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार २०:३७:१
२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज विश्वासको मत नपाएपछि संवैधानिक रुपमै पदमुक्त हुने भएकाले वैकल्पिक सरकार बनाउन प्रतिपक्षी दलहरु सक्रिय भएका छन् ।
संसद अधिवेशन सुरु हुनु अघि नै ओलीले विश्वासको मत नपाउने लगभग टुंगो लागिसकेको थियो । एमालेको माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने बरु अनुपस्थित रहने निर्णय गरेपछि प्रतिपक्षी दलका नेताहरु नयाँ सरकार बनाउने तयारीमा जुटेका हुन् ।
यसैक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ले संसद भवनमै भेट गरेका थिए । सो अवसरमा उनीहरुले विश्वासको मत फेल भएलगत्तै राष्ट्रपति समक्ष बहुमतको गठबन्धन सरकार बनाउने दावा पेश गर्ने सहमति गरेका छन् । यसका लागि एमाले कै माधव पक्षले समेत साथ दिने बुझिएको छ ।
उता, जनता समाजवादी पार्टीले पनि देउवा नेतृत्वमा गठबन्धन सरकार बनाउन सहमति दिने भएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो पनि ओली विरुद्ध बन्ने गठबन्धनमा सामेल हुने जसपा नेताहरुले बताएका छन् । यो प्रकृया एक साता भित्र पूरा हुने देखिएको छ । यस्तो अवस्था आगामी जेठ पहिलो साताबाटै देशले नयाँ सरकार पाउने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुने वाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार