ओली नेतृत्वको सरकार अब कामचलाउमा परिणत
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ मंगलबार ०:२:२४
२७ बैशाख, काठमाडौं । विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी ओली स्वतः पदमुक्त भएका छन्। दुई तिहाई मतसहितको सरकार बनाएका ओलीले विश्वासको मत पाउन नसकेका हुन्। प्रतिनिधिसभाको बैठकमा उपस्थित २३२ सांसदमध्ये ओलीको पक्षमा ९३ मत दिएका थिए।
यस्तै उनको विपक्षमा १२४ मत परेको छ। १५ जना सांसदले भने १५ तटस्थ बसेका थिए। योसँग प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका छन्। ओली नेतृत्वको सरकार अब काम चलाउमा परिणत भएको छ।
संविधानको धारा ७७ ‘१’ ‘ख’ अनुसार प्रधानमन्त्रीको पद रिक्त भएको छ। यस्तै धारा ७७ ‘२’ ग अनुसार मन्त्रीको पनि पद रिक्त भएको छ। धारा ७७ ‘३’ अनुसार अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म यसैले कार्य सञ्चालन गर्नेछ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि अब अर्को सरकार गठनका लागि बाटो खुलेको छ ।
प्रधानमन्त्री ओलीले संसदको विश्वास गुमाएसँगै तीन वर्षसम्म चलेको कम्युनिष्ट सरकार ढलेको छ । शुरुमा सरकारसँग झण्डै दुई तिहाई बहुमत थियो । तर, नेकपाको विभाजन अनि एमालेभित्रको अन्तरकलहका कारण कम्युनिष्ट पार्टीले जनताबाट प्राप्त जनादेशअनुसार पाँच वर्षसम्म सरकार चलाउन नसकेको हो ।
सत्तारुढ दल नेकपा एमालेभित्र गत फागुनदेखिको विवाद कायमै छ । खनाल–नेपाल पक्षले सर्वोच्चको आदेश अनुसार पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किसकेको दावी गर्दै आएको थियो भने पार्टी अध्यक्ष ओलीले खनाल–नेपाल पक्षको अनुपस्थितिमा एकलौटी ढंगबाट गरिएको निर्णयबाट पछि नहट्ने अडान लिएका थिए । एमालेभित्र जारी यही विवादका कारण पनि ओली नेतृत्वको सरकार कुनै पनि बेला संकटमा पर्ने अवस्था कायमै थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार